पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल चालक बसमा ठोक्किएर घाइते

पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल चालक बसमा ठोक्किएर घाइते

मोरङ, पुस ११ ।मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे चोकमा मंगलबारपैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल बसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।प्रहरीका अनुसार बिहान साढे ५ बजे पैदलयात्री स्थानीय ६० वर्षीय ललितबेघा लिम्बुलाई ठक्कर भाग्दै गरेको मे२प ५७०१ नम्बरको मोटरसाइकल को१ख २१६४ नम्बरको बसमा ठोक्किएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ८ तिल्केनीका ३० वर्षीय सोवित राईको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलको ठक्करबाट सामान्य घाइते पैदलयात्री लिम्बुको भने सुकुना सामुदायिक अस्पताल विराटचोक मोरङमा उपचार भइरहेको छ ।

source imagekhabar

Share