१०१ वर्षे बृद्धाले २७ वर्षे ठिटोको विर्य प्रयोग गरेर जन्माइन् १७ औँ बच्चा

१०१ वर्षे बृद्धाले २७ वर्षे ठिटोको विर्य प्रयोग गरेर जन्माइन् १७ औँ बच्चा

एजेन्सी इटालीमा १०१ वर्षीया महिलाले बच्चा जन्माइन् भन्दा तपाई छक्क पर्नुहोला । जुन घटना सत्य हो । इटालीकी एनाटोलिया भर्टाडेलाले ४ केजीको बच्चा जन्माएकी छिन् । उनले बच्चालाई सामान्य अवस्थाबाट नभई विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात जन्म दिएकी हुन् ।महिलाको उच्च उमेरका कारण चिकित्सकहरु यसको विरुद्धमा भए पनि उनले आफ्नो इच्छा जिवनको उत्तरार्धमा आएर भए पनि पुरा गरिन् । जुन प्रकृयालाई अवैध मानिन्छ ।त्यति हुँदा पनि उनले टर्कीको एक नीजि क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गराएरै छोडीन् । जुन ति महिलाका १७ औँ बच्चा हुन् ।एनाटोलियाका पति १९९८ मा बितेपछि अनलाइनबाट उनले स्पर्म डोनर पार्फत सुक्रकिट लिएकी हुन् ।स्रोतका अनुसार शुक्रकिट दिने ब्यक्ति जम्मा २७ वर्षका छन् । उनको नाम क्याथोलिक हो । जसको उनीसँग सम्बन्ध नै छैन ।

SOURCE livenepalnews

Share