खोटांगको हलेसी बजारमा भिषण आगोलागी करिब पाँच घण्टा पछि नियन्त्रण।

खोटांगको हलेसी बजारमा भिषण आगोलागी करिब पाँच घण्टा पछि नियन्त्रण।

अनलाइन वेभ टिभी-संवाददाता
त्रिधार्मिक पवित्र स्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

त्रिधार्मिक अर्थात् पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राईको ४ घर जलेर नष्ट भइसकेपछि ४ घण्टामा आगलागी नियन्त्रणमा आएको छ ।

खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले जलेका बाहेक अन्य आसपासका घरलाई स्काईभेटरद्धारा एकाएक घर भत्काईएपछि आगो नियन्त्रणमा आएको सोही वाडका वडा अध्यक्ष चईन्द्र राईले बताउनुभयो । धितुंग, अर्खौले, हलेसीका नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरु आगो नियन्त्रण गर्न खटिएका थिए। त्यहाँ रेडक्रस, स्वास्थ्यको टोली पनि खटाईएको छ ।

आगलागीबाट मानविय क्षति भने भएको छैन । धनजनको ठुलो क्षति भए पनि यक्किन तथ्याङक निकाल्न समय लाग्ने प्रहरीले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेधीका अनुसार बुधबार विहान जिल्ला प्रशासन, रेडक्रस, स्वास्थ्य, गैसस महासंघ, सबलको आपतकालिन बैठक बस्ने बताउनुभयो । बैठकले क्षतिका प्रकृती अनुसार क्षतिपुर्तीको निर्णय निकालिने सहायक प्रजिअ सुबेदीले बताए ।

शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीेका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको थियो। आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई चाडो नियन्त्रणमा लिन नसकिएको प्रजिअ अधिकारीले बताए ।

SOURCE onlinewavetv

Share