बैतडीमा जीप २०० मिटर तल खस्यो चालक वेपत्ता, यात्रु कति सवार थिए खुल्न बाँकी !

बैतडीमा जीप २०० मिटर तल खस्यो चालक वेपत्ता, यात्रु कति सवार थिए खुल्न बाँकी !

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतबाँझ– गोठलापानी सडकखण्डमा जीप दुर्घटनामा परेको छ । मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नम्बरको जीप आइतबार साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परेपछि जीप चालक सुर्नया गाउँपालिका २ का दिपेन्द्र चन्द बेपत्ता भएका प्रहरीले जनाएको छ । सडकबाट २०० मिटर तल खसेको जीपका कतिजना यात्रु सवार थिए भन्ने खुलेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आइतवार, पुस १६, २०७४ मा प्रकाशित

SOURCE a2znewshunt

Share