युट्युवमा पनि हिट ‘प्रेमगीत’, के फेरि देखिएला पूजा र प्रदीपको जोडी ?

युट्युवमा पनि हिट ‘प्रेमगीत’, के फेरि देखिएला पूजा र प्रदीपको जोडी ?

नायक प्रदीप खड्का र नायिका पूजा शर्माको करियरमा चलचित्र प्रेमगीत ट्रनिङ पोन्ट बन्यो । पहिलो पटक एकसाथ काम गरेका प्रदीप र पूजालाई दर्शकले निकै रुचाए । त्यसै कारण २०७२ सालको सुपरहिट चलचित्र बन्यो प्रेमगीत । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण गरेका हुन् । हलमा हिट भएको यो चलचित्रलाई युट्युबमा पनि उत्तिकै रुचाइएको छ । सन् २०१७ जुन १७ मा अपलोड गरिएको यो चलचित्रलाई हालसम्म एक करोड बढीले हेरिसकेका छन् । युट्युबमा प्रेमगीतले ६ हजार बढी प्रतिक्रिया पाएको छ , जसमा अधिकासं प्रतिक्रिया सकारात्मक रहेको छ । हल र युट्युब दुवैमा हिट भएको प्रदीप र पूजाको यो जोडीलाई फेरि हेर्ने दर्शक आतुर रहेको युट्युबमा आएको प्रतिक्रियाबाट प्रस्ट हुन्छ । प्रेमगीत हिट भएसँगै चलचित्र निर्माण टिम छुटिएका थिए।  पछि निर्देशक सुदर्शन थापाले नायिका पूजा शर्मालाई लिएर म यस्तो गीत गाँउछु निर्माण गरे भने निर्माता सन्तोष सेनले नायक प्रदीप खड्कालाई लिएर प्रेमगीत २ निर्माण गरे । दुवै चलचित्रले हल सम्म दर्शक तान्न सफल भयो ।यसरी दर्शकको मन जित्न सफल यी जोडीलाई पुन सँगै लिएर चलचित्र निर्माण गरिए दर्शकको साथ पाउने पक्का जस्तै छ तर किन आजसम्म कुनै पनि निर्माता निर्देशकले उनीहरूलाई एकसाथ पर्दामा उतार्ने हिम्मत गरेका छैनन् यो भने चासो कै विषय रहेको छ।

SOURCE livenepalnews

Share