शिकागोमा नदी नै जम्दा सिड्नीमा आगोजस्तो गर्मी, जाडो र गर्मीले एकैपटक तोडे रेकर्ड

शिकागोमा नदी नै जम्दा सिड्नीमा आगोजस्तो गर्मी, जाडो र गर्मीले एकैपटक तोडे रेकर्ड

एजेन्सी। अमेरिकाको शिकागोसमेत पूरै अमेरिकामा चिसोले नदी नै जम्दा अस्ट्रेलियाको सिड्नीमा गर्मीले ७९ वर्षदेखिको रेकर्ड तोडेको छ । शिकागोमा चिसोले तापक्रम माइनस ५० डिग्री पुगेर नदी नै जमेको छ । उता अस्ट्रेलियाको सिड्नीमा ४७ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो यहाँको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।

उत्तर अमेरिकामा चिसो यतिसम्म बढेको छ कि यहाँको क्षेत्र डीप फ्रिजरजस्तै भएको छ । यहाँ लगभग १० करोज जनता यो चिसोसँग जुधिरहेका छन् । हालै आएको बम साइक्लोनका कारण अमेरिका र क्यानडामा लगभग २२ जनाको मृत्यु भइसकेको छ । लगातार घटिरहेको तापक्रमका कारण क्यानडा र बोस्टनमा कैयौं नदीहरु जमेको खबर आएका छन् । शिकागोमा चिसोले ८० वर्षदेखिको रेकर्ड तोडेको छ । स्पेनमा हिउँसहितको तुफानका कारण हजारौं जनता हाइवेमा फसेका थिए । उनीहरुलाई गाडी स्टार्ट राखेर रात बिताउनु पर्यो । भोलिपल्ट बल्ल उनीहरुको उद्धार गरिएको थियो ।

उता अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षपछि सबैभन्दा गर्मी दिन रेकर्ड गरियो । यहाँ गर्मीले जनजीवन अस्तव्यस्त पारेको छ । आइतबार यहाँको तापक्रम ४७.३ डिग्री सेल्सियस पुग्यो । लगातार बढिरहेको तापक्रमका कारण आगो लाग्ने खतरा बढिरहेको छ । पूरै सिड्नीमा हाइएलर्ट जारी गरिएको छ ।

SOURCE nponlinepost

Share