कोरियामा हुण्डी बन्द भए संगै अब कोरिया सरकारको आखा बिटक्वाइन कारोबारमा (धेरै नेपालीहरुको रकम डुब्न सक्ने )

कोरियामा हुण्डी बन्द भए संगै अब कोरिया सरकारको आखा बिटक्वाइन कारोबारमा (धेरै नेपालीहरुको रकम डुब्न सक्ने )

नेपाली समेत फसेको अनुमान गरिएको भर्चुअल मुद्रा बिटक्वाईन जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा कोरिया सरकारले निगरानी बढाएको छ । सरकारले ठुला छ वटा बैंकमा नयाँ भर्चुअल एकाउण्ट खोलेर कारोबार भए नभएको बारेमा अनुसन्धान शुरु गर्ने भएको छ । कालो धनलाई सेतो पार्ने कारोबारको रुपमा लिइने बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको कारोबारलाई निरुत्साहित पार्र्ने उद्धेश्य अनुरुप सरकारले यस्तो कदम चालेको हो ।
सरकारी न्यूज एजेन्सी योन्हापका अनुसार केन्द्रीय आर्थिक नियमन गर्ने फाइनान्सियल सुपरभाइजरी सर्भिस एफएसएसले उरी, कुकमिन, इण्ड्रस्ट्रियल बैक अफ कोरिया आइबिके, कोरिया डेभलोपमेन्ट, सिन्हान र नोन्ह्याप बैकमा आज बाट अनुसन्धान शुरु गर्दैछ । अनुसन्धान बिहिवार सम्म जारी रहने पनि बताइएको छ । मुल्य एक्कासी बढ्ने र एक्कासी घट्ने बिटक्वाइनको एकाउण्ट संख्या १११ रहेको र संयुक्त डिपोजिट अनुमानित २ ट्रिलियन वोन रहेको बताइन्छ । एउटा एकाउण्टबाट लाखौ भर्चुअल एकाउण्ट खोल्न सकिने छ । नियमन गर्ने अधिकारीहरुले बैंकहरुमा नयाँ भर्चुअल एकाउण्ट मार्फत कारोबार भए नभएको बारे अनुसन्धान गर्ने छन् ।
मुख्य बैंकहरुले यस अघि नै क्रिप्टोकरेन्सी कारोबारका लागि नयाँ एकाउण्ट खोल्न स्वदेशी तथा विदेशीलाई नदिने प्रतिबद्धता ब्यक्त गरिसकेका छन् । त्यस्तै एक्सचेन्ज कम्पनीद्धारा भने यस्तो कारोबार भने भइरहेको छ । यद्यपी सरकारको निगरानीका कारण कारोबारमा हस आएको छ ।
नेपालीहरु पनि दलालहरुका कारण विटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा फसको अनुमान छ । तर कति संख्यामा नेपाली फसेका छन् भनेर तथ्याङ्क छैन् ।
SOURCE  hellonepalkorea
Share