मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

बुधबारे । उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ५ तुर्केमा सोमबार राति हुर्रा नाचका क्रममा दुई युवाको निर्मम हत्या पछि यतिबेला सो क्षेत्र शोकमग्न बनेको छ ।
बिहिबार घटनास्थल पुग्दा आसपासका गाँउका मानिसहरुको अनुहार मलिन थियो कोही पनि घटनाका बारेमा खुलेर बोल्न चहादैन थिए । उनका आफन्त,साथीभाई र छिमेकीहरु घटनाको बारेमा कुरा गर्ने बित्तिकै भावविब्हल हुन्थे । खाउँ खाँउ र लाँउ लाँउ उमेरका कलिया युवाहरुको निर्मम हत्यापछि सो क्षेत्र नै यतिबेला शोकमा डुबेको छ ।

तिहारको उपलक्ष्यमा मगर समुदायले आयोजना गरेको हुर्रा नाचमा सहभागी हुन गएका केराबारी–९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको गुप्ताङग लगायत शरिरका बिभिन्न भागमा छुरीले रोपेर अर्को समुहमा रहेका युवाहरुले निर्ममतापुर्वक हत्या गरेका थिए ।

मृतक दिपेनलाई उनकै साथीहरुले बोलाएर अन्धाधुन्द छुरी प्रहार गर्न थालेपछि छुटयाउन गएका सनमलाई पनि उनीहरुले छुरी हानेका थिए । लेटाङको बुधबारेमा रहेको एक बोर्डिङ स्कुलमा अध्यायनरत उनीहरुको हत्या भएपछि उनका साथीभाई र सिंगो बिद्यालय यतिबेला शोकमा परेको छ ।

असुरक्षाका कारण घटना सो घटना हुनुमा असुरक्षा प्रमुख कारण भएको स्थानीय बताउँछन । यदि प्रशासनले सो क्षेत्रमा सुरक्षा अपनाएको भए घटना नहुने स्थानीयको तर्क रहेको छ । बि.स २०४८ सालमा सो क्षेत्रमा स्थापना भएको प्रहरी चौकी २०५२ सालमा असुरक्षा भएको भन्दै हटाईएको थियो । बेलबारीबाट १० किलोमिटर र लेटाङबाट ५ किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा पटक पटक स्थानीयले सुरक्षाका लागी पहल गर्दा समेत प्रहरी चौकी पुर्नस्थापना हुन नसकेको स्थानीय अगुवा तेज प्रसाद तिम्सिनाले बताए ।

लेटाङको दोस्रो ब्यापारिक केन्द्रका रुपमा स्थापित सो क्षेत्रमा करौडौको कारोबार गर्ने सहकारी संस्थाहरु लगायत पसलहरु रहेका छन । सो क्षेत्रमा सुरक्षा नहुँदा सो क्षेत्र यतिबेला अपराधीहरु लुक्ने सुरक्षित ठाँउ बन्दै गएको समेत तिम्सिना बताउँछन । राति १२ बजेसम्म नाचका लागी अनुमति दिने प्रशासनले सुरक्षा दिन नसक्दा सो घटना भएको भन्दै स्थानीयले प्रहरी प्रशासन प्रति आक्रोश समेत पोखेका छन ।

उपचार नपाएरै मृत्यु राति करिब १२ बजे सो घटना भएको थियो । घटनापछि भागाभाग भएपछि सो स्थान सुनसान बन्यो । युवाहरु २ घण्टासम्म मृत्युसँग जुधिरहे । तर उनीहरुको कोही कसैले उद्धार गर्न सकेन । बाटो भन्दा निक्कै तल अप्ठयारो र सवारी साधन पुग्न नसक्ने ठाँउमा मेला लागेका कारण पनि समयमा उनीहरुको उद्धार हुन सकेन । राति २ बजे बेलबारीबाट घटनास्थल पुगेको बेलबारीको एम्बुलेन्स र केही ब्यत्तिहरुले उनीहरुको उद्धार गरे जतिबेला सम्म अत्याधिक रगत बगेका कारण युवाहरुको ज्यान गईसकेको थियो ।

त्यतिबेला सम्म पनि प्रहरी त्याँहा पुगेन जसका कारण निर्दोष दुई युवाले ज्यान गुमाउनु पर्यो । घटनापछि घंघरुबाट बिवाह गरेर तुर्केमा रहेकी एक महिलाले राति माईती गाँउमा घटनाबारे सुनाएपछि घटनाको बारेमा उनीहरुका आफन्तहरुलाई जानकारी भएको थियो ।

घटनाको हुनुको कारण के थियो ? मृतकहरु र उनीहरुलाई हत्या गर्ने समुहका युवाहरुबिच पुरानो बिवाद रहेको थियो । दिउँसो उनीहरु बिच मिलापत्र पनि भएको थियो । तर राति हत्या गर्ने समुहका नाईकेले आफना साथीहरुलाई लिएर सोही ठाँउमा पुगी मृतकलाई बोलाएर अन्धाधुन्द छुरी प्रहार गरेका थिए । मृतक दिपेनलाई छुरी हानेपछि छुटयाउन गएका सनमलाई समेत छुरी प्रहार गरिएको थियो ।

अर्को घटनाको त्रास करिब २ दशकअघि सो क्षेत्रमा सामान्य झगडाले जातिय रुप धारण गर्दा केहीले मृत्युवरण मात्र गर्नुपरेन । लाखौ धनजनको क्षति भयो भने थुप्रैले सो ठाँउबाट बिस्थापित समेत हुनुपरेको थियो । अहिले भएको घटनाले पनि त्यही रुप लिने आशंकाले स्थानीय थप त्रसित समेत बनेका छन । यो घटनालाई लिएर त्यस्ता किसिमका घटना नहुन भनेर संयमता अपनाउन समेत स्थानीयले सबैमा आग्रह गरेका छन ।

SOURCE पूर्वेलीन्यूज

Share