बैदेशिक रोजगारीमा जानेहरुको लागी आयो खुशिको खबर : चीनले पनि माग्यो बहुबर्षिय कामदार, परिवारसमेत लान पाइने यस्ता छन थप सुबिधाहरु

बैदेशिक रोजगारीमा जानेहरुको लागी आयो खुशिको खबर : चीनले पनि माग्यो बहुबर्षिय कामदार, परिवारसमेत लान पाइने यस्ता छन थप सुबिधाहरु

बैदेशिक रोजगारीमा जानेहरुको लागी आयो खुशिको खबर : चीनले पनि माग्यो बहुबर्षिय कामदार, परिवारसमेत लान पाइने यस्ता छन थप सुबिधाहरु

चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ ।

चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो ।

चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी तथा विश्वमा योगदान दिएका जनशक्तिहरुलाई प्राथमिकता दिइने छ ।

यस्तै, दक्ष प्राविधिक र उद्यमीहरुलाई पनि प्राथमिकता दिइने जनाइएको छ । चीनको आर्थिक र सामाजिक बिकासको लक्ष्य अनुरुप यस्तो भिसा खुला गरिएको जनाएको छ । सो भिसाका लागि अनलाइनमार्फत निशुल्क आवेदन भर्न पाइने व्यवस्था गरिएको छ ।

चीनको यो निर्णयबाट ५० हजार बिदेशी उच्च दक्षता हासिल गरेका कामदार लाभान्वित हुने अनुमान गरिएको छ । भिसा पाउने व्यक्तिहरुले उनीहरुका परिवार पनि चीन लैजान पाउने चिनियाँ अधिकारीहरुले जनाएका छन् । एजेन्सी

अन्य समाचार

“सपनाको शहर कोरिया कहर” वास्तविक जीवन भोगाई – सुष्मा राई पाच मिनेट समय निकालेर अबश्य पढ्नुहोला

समय सँगै मानिसको सपनाहरू पनि स्तरीय देखीन्छ। जब जिम्मेवारी-कर्तव्यको भार पर्छ, समस्या अनि आर्थिक अभावहरू खट्किदै जान्छ तब एकमात्र सपना हुन्छ पैसा कमाउने बिदेश नगई नेपालमै बसेर भविष्यमा केही गर्ने सपनालाई मनको कुनामा यथावतै रख्ही मस्तिष्कमा बिदेश अनि पैसाको बिट्टा हरूले डेरा जमाउछ। certificate दराजमा थन्काएर हजारौ नेपाली युवा-युवतीहरू बिदेशीन्छन।

विगत सन 2008 देखि दक्षिण कोरिया नेपालीहरु लाई रोजगारीको लागि आकर्षक थलो बनेको छ । त्यसैले हजारौ युवाहरू आफ्नो गरिरहेको जागिर, व्यापार-व्यवसाय, अध्ययनलाई बिट मार्दै कोरिया जाने महिनामा डेढ/दुई लाख कमाउने सपना नसुती देख्दै भाषा पढ्ने गर्छन्। 2013 देखी यता सिमित कोटाहरूको लागी वर्षेनि 50 हजार भन्दा माथि फर्म भर्छन् 2,3,4 पटक सम्म लगाएर भएनि भाषा पास गर्छन् थोरैले एकै पटकमा पास गर्छन्। त्यसो त सुरूका वर्षहरूमा एति धेरै प्रतिस्पर्धा गर्नु नपर्ने थियो। भाषा पास गरेर नियमानुसार कोरिया आएपछि गोर्खेहरूको दु:खको दिन सुरू हुन्छ भने पास गरेर नि कोरिया जान नपाउदाको पिडा अर्कै

SOURCE bihanipost

Share