बिहानै आयो दुखद खबर सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

बिहानै आयो दुखद खबर सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

३० पुस, चौतारा । सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा लिसंखुपाखर-७ निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ । मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी विलराज कणेलका अनुसार निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

SOURCE: ONLINEKHABAR

Share