दुखद समाचार : झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित अन्य घाइतेको संख्या धेरै -पुरा विवरण पढ्नुस्

दुखद समाचार : झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित अन्य घाइतेको संख्या धेरै -पुरा विवरण पढ्नुस्

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित अन्य घाइतेको संख्या धेरै -पुरा विवरण पढ्नुस्

झापाको दमकस्थित रतुवा पुलमा आज विहान मे १ ख १७१० नम्वरको वस र को १ ख ३६५९ बस एक आपसमा ठक्कर खाँदा चालक सहित वसमा सवार १२ यात्रु घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राइका अनुसार बाक्लो हुस्सेका कारण वस आपसमा ठोक्किएका थिए ।

वस ठोक्किए लगत्तै पछाडिबाट आइरहेको मे १ त ४७५४ नम्वरको ट्याक्टर पनि ठोक्किएको प्रहरीले जनाएको छ ।दुई वस आपसमा जुद्धा को १ ख ३६५९ नम्वरका बस चालक सुनसरी मधुवनी –४ निवासी ५४ वर्षीय दुलाही चौधरी र मे १ त ४७५४ नम्वरको वसका चालक कनकाई नगरपालिका निवासी ३९ वर्षीय लक्ष्मण कुमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वस जुधेपछि बसमै च्यापिएका चालकलाई क्रेनको सहायताले उद्धार गरिएको बताइएको छ ।

source;purbelinews

Share