बाबुले अर्काको घरमा काम गर्दै हुर्काएको छोरा सागर आलेमगर, पुरा पढ्नुहोस

बाबुले अर्काको घरमा काम गर्दै हुर्काएको छोरा सागर आलेमगर, पुरा पढ्नुहोस

नेपाल आइडलको टप फोर बाट बाहिरिएका सागर आलेको चर्चा परिचर्चा यतिबेला देश भित्र र बाहिर सबैभन्दा बढी छ । नेपाल आइडलमा चौथो भएर पनि उनको क्रेज पहिलो भन्दा कम छैन देश तथा विदेशको दौदाहामा निकै ब्यस्त सागर आलेको बारेमा नयाँबाटोडटकमले तयार पारेको उनको भित्रि पाटो यस्तो छ ।

पहिले-पहिलेका मान्छेहरु तराई झर्दैनथे तराईमा औंलोको ठुलो भय हुन्थ्यो तर गरिवीले औंलो, रोग, ब्याज केहि पनि नभन्दो रहेछ त्यहि गरिवीले १४-१५ वर्षको कलिलो उमेरमा आफुँ जन्मे हुर्केको गोर्खाको आरुघाट छोडेर चितवन तिर काम खोज्न हिडें रघु बहादुर आले मगर !

१५ वर्षदेखि संघर्षमा होमिएका रघु बहादुर सुरुमा चितवनमा एउटा घरमा गोठालोको रुपमा काम पाए र केहि वर्षसम्म त्यहिँ गोठालो गरे पछि उनको कर्म लिएर आयो होटेल नारायणी सफारी त्यहिँको मेहनतले गोर्खा बाट खालि हात झरेका रघुले चितवनमा जग्गा किने घर बनाए र शान्ता माया तामाङ (अहिले आले मगर) सँग बिहे पनि गरे ! उनिहरु बाट पाँच भाई छोराहरु जन्मिए ! उनै रघु बहादुर आले मगर र आमा शान्ता माया आले मगरको कोख बाट २०५३ सालमा चितवनको पटिहानीमा पाँच भाई मध्यका साँइलो छोराको रुपमा जन्मिएका थिए सागर आले मगर !

सानैदेखि गाउने नाँच्ने भनेपछि हुरुक्कै हुने सागर आले १४ वर्षको हुँदा नै स्कुलका विभिन्न कार्यक्रम र गाउँघरमा हुने मेलापर्वहरुमा गाउन थालिसकेका थिए ! सालैजो दोहोरी भने पछि हुरुक्कै हुने सागर अक्सर गाउँसमाजका कुनै मेला पर्वहरु छुटाउदैनथे !

कक्षा एक देखि ८ सम्म नजिकैको गंगानगर माबिमा पढेका सागर ९ र १० कक्षा भने अमर उच्च माबि बाट पास गरेका हुन सानैदेखि पढाईमा पनि उत्तिकै तेजिला सागर हाल सप्तगण्डकी बहुमुखी क्याम्पस चितवनमा कक्षा बाह्रमा अध्यनरत बिद्यार्थी हुन् !

सागरलाई सानोमा निमोनियाले सताउदा आमाले निक्कै सास्ति खेप्नु परेको थियो तराईको सितलहर सँग जुध्दै सागरलाई मुस्किलले निमोनिया बाट बचाएकी थिइन् उनकी आमाले ! सानैदेखि गरिवी दुख झेलेका सागर बनमा गएर घाँस दाउरा काट्ने देखि खेतीपातीमा पनि आमाबुबा लाई सघाउँथे !

सागर आले सबै खाले गीत गाउन सक्ने मेधावी व्यक्ति हुन । उनि क्लासिकल, पप, रक तथा लोक विधाको गीत सबै उत्तिकै गाउँछन् । गाउनुको अलावा मादल बजाउन र नाँच्नमा पनि उत्तिकै सिपालु आले पढाइमा पनि अब्बल नै छन् !

पहिलो पटक २०७० मा चितवन आइडलमा भिडेका सागरले टप ८ मै चित्त बुझाउनु परेको थियो त्यो भन्दा पनि ठुलो दुख त्यतिबेला लाग्यो जतिवेला उनीहरु सागर आले र उनका जेठो दाई साजन आले नेपालि तारा सिजन ३ को चितवन अडिसनमा फेल भए तर पनि हिम्मत हारेनन सागर र साजन चितवन पछि वुटवल पुगेर अडिसन दिए र दुई भाई नै पास भए अन्तत सागर नेपालि तारा टप २० सेकेक्शन बाट बाहिरिएका थिए !

अचम्मको कुरा सागरले अहिले सम्म म्युजिक सिकेका छैनन तर संगीतमा पोख्त कलाकार सँग पनि मज्जाले भिड्न सक्ने सामर्थ्य सागर सँग छ ! निम्न परिवारमा हुर्केका सागरको स्वभाव सानैदेखि चन्चले र सबै सँग भिज्न सक्ने छ उनि बच्चा युवा र बुढाबुढी सबैसँग मज्जैले भिज्न सक्छन !

सागर आलेको परिवारमा बुबा आमा र पाँच भाई छोराहरु मात्र छन् दिदि बहिनि छैनन भने माइला दाई बाहेक सबैजना घरमै छन् ! उनको परिवारमा सागर आले र उनको जेठो दाई साजन आले गाउनमा बराबर नै छन् तर अरु भाईहरु र आमाबुवामा त्यो कला थिएन !

उनलाई नेपाल आईडल नभएपनि आज देश तथा विदेशमा उनको व्यग्र माग छ । पटिहानीको माटोमा जन्मिएका सागर आफ्नो बल, बुद्दि र मेहेनतले संघर्ष गर्दै यहासम्म आइपुगेको भन्नेकुरा उनको बारेमा पढेपछि प्रष्टै छ ।

। माथिको सामग्री नयाँबाटो डटकमले सागरआले मगर र उनको पारिवारिक स्रोत बाट तयार पारेको हो ! मनपरे सेयर पनि गर्नुहोला धन्यवादsajha page

SOURCE mandavikhabar

Share