दक्षिण कोरियाबाट फर्केर सगरमाथा चडन लाग्दै नेपाली चेली , सहयोगको अपिल

दक्षिण कोरियाबाट फर्केर सगरमाथा चडन लाग्दै नेपाली चेली , सहयोगको अपिल

बुद्ध वाज बोर्न ईन नेपाल’ लेखिएको झण्डा लिएर दुई युवतीहरु सगरमाथा आरोहण गर्ने भएका छन् । गौतम बुद्धको जन्मस्थल बारे भ्रम फैलिएको र सो भ्रम चिर्न भन्दै दुई युवतिहरु सर्बोच्च सिखर सगरमाथा आरोहण गर्ने भएका हुन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँकी २७ बर्षिय छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका वडा ११ की २७ बर्षिय शर्मिला तमाङले केहि देशहरुमा अहिले पनि गौतम बुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेको बताउँदै गौतम बुद्ध नेपालमानै जन्मिएका हुन् भने सन्देश बोकेर सर्बाेच्च सिखर सगरमाथा आरोहण गर्न लागिएको बताए ।

उनिहरुले आगामी चैत्र २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनिले ब्राण्ड स्पोन्सर गरि “बुद्ध वाज बोर्न ईन नेपाल ” लेखिएको झण्डा सँगै नेपालको झण्डा र धिरज राईले गाएको “बुद्ध वाज बोर्न ईन नेपाल ” बोलको गित एक मिनेट सर्बोच शिखरबाटै बजार बिश्वलाई सुनाउने योजना समेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले बताईन् । बैदेशिक रोजगारीको शिलशिलामा चार बर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गिहरुलाई गौतम बुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको बताएकी छन् । छोकीले दक्षिण कोरीयामा हालसम्म पनि आफ्नो पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मेको भन्ने भ्रमनै त्यहाँका बालबालिकाले पढिरहेको बताईन् ।

उनले दक्षिण कोरीया, भियतनाम चिनका केहि स्थानमा साथिहरुसँग भेटमा उनिहरले पनि बुद्धका बारे भ्रम रहेको भन्दै आफु सगरमाथा आरोहण गर्न लागेको बताईन् । हाल सम्म बिदेशी महिलाहरु सगरमाथामा ४ सय जना आरोहण गरेपनि नेपाली महिलाहरु २५ जना मात्रै सफल आरोहण गरेका छन् । छोकीले आफ्नो भ्रमण टिम दुई जनाको मात्रै हुने पनि बताईन् । उनका अनुशार आफु पनि बैदेशिक रोजगारबाट फर्केको र बिदेशमा गएर बिभिन्न हिंसामा प्रताडित नेपाली दिदिबहिनी हरुलाई आफ्नै देशमा फर्कीएर देशकै पर्यटन बिकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्ने साहस मिल्ने समेत चाहाना रहेको बताउँछिन् ।

उनिहरुले भ्रमणको केहि सामाग्री खरिदका लागि स्पोन्सर भएपनि गरिब परिवारमा जन्मिएकाले अभियानलाई सहयोग गर्न बिभिन्न संघ सँस्था, देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई अपिल समेत गरेका छन् ।उनिहरुको भ्रमणको केहि सामाग्री खरिदका लागि स्पोन्सर भएपनि सगरमाथा चड्न ठुलै रकम चाहिने भएको छ । गरिब परिवारमा जन्मिएकाले अभियानलाई सहयोग गर्न बिभिन्न संघ सँस्था, देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई अपिल समेत गरेका छन् । त्यस्तै दक्षिण कोरियामा सहयोग गर्न चाहना हुने नेपाली समुदायले इपिएस छिङुगु अरुण श्रेष्ठ सँग सम्प्रर्क गर्नको लागी छोकीले हार्दिक अनुरोध गर्नु भएको छ । इपिएस छिङुले पनि छोकीको अभियान लाई साथ र हौसला दिदै चाडाइ कोरियामा भएको नेपाली समुदायहरु सँग सहकार्य गरेर आर्थीक सहयोग सन्कलन गर्न लाग्नु भएको जानकारी दिनु भएको छ ।
source tipsnepalitv

Share