खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं , घरका छत-छतमा खेतीपाती देखि पशुपालन !! पूरा विवरण हेर्नुस् ।।

खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं , घरका छत-छतमा खेतीपाती देखि पशुपालन !! पूरा विवरण हेर्नुस् ।।

भनिन्छ खाने मुखलाई जुंगाले छेक्दैन । हो यस्तै सराहनिय काम गरेकोछ चाईनाले । जनसंख्या  बढे संगै खेतियोग्य जमिन घटेपनि कुनै आपत्ति छैन । किनकी यो समस्या बाट चाईना धेरै अघी बढीसकेको छ ।

नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो ।

सरकारको नयाँ प्रयोग र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ ।सन् २००८ मा वेनचुआन भूकम्पका कारण जिन्ताई गाउँनजिक करीब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस बेघर भएका थिए ।त्यसपछि सन् २०११ मा भयंकर पानी परेर पहिरोका कारण फेरि बनाइएका घर पनि ध्वस्त भए । तर त्यसपछि सरकारले गाउँलेहरूको सहायताका लागि हङकङ विश्वविद्यालयमा यी घरहरूको डिजाइन बनायो ।

Source ujyaalobihani

Share