नेपाललाई पाँचौ सफलता, करण केसीले लिए विकेट

नेपाललाई पाँचौ सफलता, करण केसीले लिए विकेट

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिएका छन्। यस्तै करण केसीले १ विकेट हात पारेका छन्।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।

यस्तै सन्दीप लामिछानेले क्यानडा कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे। यस्तै, सन्दीपले  धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए।

अहिले क्यानडाका लागि ओपनर विजयरत्ने र साब बिन जाफर ब्याटिङ गरिरहेका छन्। विजयरत्तेले अर्धशतक प्रहार गरिसकेका छन्।

क्यानडाले ३७ ओभरमा ५ विकेटको क्षतिमा १३४ रन जोडेको छ।

अाजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ।

Source nepallive

Share