अफगानिस्तानको ढोका ढकढकाउदै नेपाल

अफगानिस्तानको ढोका ढकढकाउदै नेपाल

फागुन ४ , नामिविया। नामिवियामा जारि डिभिजन टुको उपाधि भिडन्तमा आज नेपालले यूएई संग ७ रनको हार बेहोरे संगै संगै नेपाल समूह उपबिजेता भएको छ । नेपालले आजको खेल मात्र झिनो रनको अन्तरले गुमाउन पुगेको छ । कुल २७७ रनको टार्गेट पछ्याको नेपालले पारस खड्काको सतकीय पारीको सहायताले जम्मा २७० रन जोड्न सफल रहयो । अब नेपालले मार्चमा हुने विश्वकप छनोटमा समूह बि मा रहेर आफ्नो खेल खेल्नेछ भने यूएई समुह ए बाट खेल्नेछ ।

नेपालको ब्याटिंग आज भने पहिलेको तुलनामा सुधारात्मक देखियो अब नेपालले आफ्नो खेलमा थप सुधार ल्याउदै विश्वकप छनोटका लागि तयार भएर बस्नु पर्ने हुन्छ । विश्वकप छनोटमा नेपालले अफगानिस्तान,हंगकंग,स्कटल्याण्ड र जिम्वावेको सामना गर्नेछ । सबै प्रतिस्पधी मध्य अफगानीस्तान नेपालको लागि चिरपरिचित प्रतिस्पर्धी हो ।

यस आघि पनि नेपाल र अफगानिस्तानबीच धेरै पटक खेल श्रीन्खलाहरु भएका छन जसमा केहीमा नेपाल र बाकि खेली खेलहरुमा अफगानीस्तान बिजयी भएका छन । विश्वकपको लागि छनोट हुनेकलागी नेपालले यी सबै चुनौतिको डटेर सामना गर्नु पर्नेहुन्छ र गर्ने छ पनि । अब बाकि रहेको समयमा नेपाले आफ्नो ब्याटिंग पक्षलाई मजबुत बनाएर खेलको मैदानमा उत्रिन सकेमा नेपाल अवस्यनै विश्वकपमा छनोट हुने छ ।

Source ujyaalonetwork

Share