नेपाल भर्सेस स्कटल्याण्ड (मार्च ८) !

नेपाल भर्सेस स्कटल्याण्ड (मार्च ८) !

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार बेहिर्यो । ३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन जोड्यो ।

सधैं साथ दिँदै आएको बलिङले काम नगरेको दिन ब्याटिङले केही आत्मविश्वास फर्काएको छ । २ सय रन बनाउन पनि निकै ठूलो संघर्ष गर्ने गरेको टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध जोडेको यो स्कोर ब्याट्सम्यानहरूको आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण छ ।

पहिलो खेलमै हार ब्योहोरेपछि समर्थकहरूमा निराशा देखिएको छ । तर निराश भइहाल्नुपर्ने अवस्था छैन । पहिलो खेलमै हार र रनरेटमा निकै पछि परे पनि नेपालले सुपर सिंक्समा स्थान बनाउने सम्भावना अझै जीवित छ । समूह चरणमा नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। बाँकी ३ मध्ये २ खेलमा जीतले नेपाललाई सुपरसिक्समा पुर्‍याउनसक्छ । नकारात्मक रनरेटमा सुधार नगर्ने हो भने ३ वटै खेल जित्नुपर्ने पनि हुनसक्छ । बाँकी ३ वटै टोली नेपालका लागि परिचित र बलिया प्रतिद्वन्द्वी हुन् ।

अबको खेल, नेपाल भर्सेस स्कटल्याण्ड (मार्च ८)

के कस्तो छ त इतिहास ?

खेल : ३

स्कटल्याण्ड विजयी : ३

नेपाल : ०

१) २०१४ वर्ल्डकप क्वालिफायर

स्कटल्याण्ड २४९/७ -५० ओभर

नेपाल -१५९ (४६.१ ओभर)

स्कटल्याण्ड ९० रनले विजयी

नेपाली टोलीले स्कटल्याण्ड बिरुद पहिलो खेल सन् २०१४ को एकदिवसीय विश्वकप छनोट खेलमा खेलेको थियो । प्रतियोगिताको आठौ खेलमा कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टोलीले टस जितेपनि खेल भने खेल भने ९० रनले गुमाउन पुग्यो ।

सुरुमा फिल्डिंग गर्ने निर्णय गरेको नेपाली टोलीले पहिलो इनिंगको समाप्तिमा स्कटल्याण्डलाइ २४९ रनमा रोक्यो । स्कटल्याण्डले ७ विकेटको क्षतिमा २४९ रन जोड्दा उसको लागि ५ नम्बरमा ब्याटिंग गर्न आएका कोलेमनले सर्बाधिक ६४ रन (६७ बल, ४ चौका, १ छक्का) जोडे भने ओपनर म्याकलिओदले ४८ बलमा ४६ रनको योगदान गरे । नेपाली टोलिको लागि पहिलो प्रतियोगिता खेल्दै गरेका सोमपाल कामीले ८ ओबर बलिंग गर्दै ३५ रन खर्चेर ३ विकेट लिए भने सागर पुनले २ विकेट हात पारे ।

२५० रनको लक्ष्य लिई मैदान उत्रेको पारस खड्का बिनाको नेपाली टोली ४६.१ ओबरमा १५९ रनमै अल आउट हुन पुग्यो । नेपाली टोलीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३४ रनको (६१ बल, ६ चौका) योगदान गर्दा अर्का खेलाडी सरद भेस्वाकरले ३० रनको योगदान गरे । त्यस्तै बसन्त रेग्मीले पनि अविजित २० रन जोडेका थिए । उता स्कटल्याण्डका लागि भने ८.१ ओबर बलिंग गरेका वार्ल्द्रावले ३२ रन खर्चेर ३ विकेट लिदा टेलर र हकले समान २-२- विकेट लिए ।

२) २०१५ डब्लुसिएल

स्कटल्याण्ड २३५/७ -३६ ओभर

नेपाल २३२/५ -३६ ओभर

स्कटल्याण्ड ३ रनले विजयी

नेपाली टोलीले स्कटल्याण्ड बिरुद दोस्रो खेल सन् २०१५ को विश्वक्रिकेट लिग च्याम्पियनशिपमा खेलेको थियो । प्रतियोगिताको सातौ खेलमा नेपाली टोलीले टस जितेर उत्कृस्ट प्रदशन गर्दा गर्दै पनि खेल भने अन्तिममा ३ रनले गुमाउन पुग्यो ।

बर्षातको करण ३६ ओबरमा छोट्याईएको खेलमा सुरुमा फिल्डिंग गर्ने निर्णय गरेको नेपाली टोलीले पहिलो इनिंगको समाप्तिमा स्कटल्याण्डलाइ २३५ रनमा रोक्यो । स्कटल्याण्डले ७ विकेटको क्षतिमा २३५ रन जोड्दा उसको लागि ५ नम्बरमा ब्याटिंग गर्न आएका कप्तान मोम्सेनले सर्बाधिक ७८ रन (६२ बल, ५ चौका, ४ छक्का) जोडे भने दे लङ्गले ४१ बलमा ५५ रनको योगदान गरे । नेपाली टोलिको लागि कप्तान पारस खड्का र बसन्त रेग्मीले समान २-२ विकेट हात पारे ।

२३६ रनको लक्ष्य लिई मैदान उत्रेको नेपाली टोलीले निर्धारित ३६ ओबरको समाप्तिमा ५ विकेट गुमाउदै २३२ रन मात्र जोड्न सक्यो । नेपाली टोलीका लागि सतकिये पारी खेलेका अनिल मण्डलले नेपाली टोलीलाई जित दिलाउने प्रयास गरेपनि अन्तिममा उनि आउट हुदा नेपाली टोलीले खेल ३ रनले गुमाउन पुगेको थियो । निकै नै रोमान्चक खेलमा कप्तान पारस खड्काले ५५ बलमा ७० रनको महत्तोपुर्ण इनिंग खेल्दा खेल्दै पनि अन्त्यमा ११३ रनको रनको साझेदारी बनाएका पारस र अनिल मण्डलले अन्तिम ओबरहरुमा आफ्नो विकेट गुमाउदा नेपाल निराश हुन पुग्यो । उता स्कटल्याण्डका लागि भने ७ ओबर बलिंग गरेका मेनले ३९ रन खर्चेर २ विकेट लिदा डी लङ्ग र एभांसले समान १-१- विकेट हात पारे ।

यस्तो थियो अन्तिम दुइ ओबर :

नेपाली टोलीलाई जितको लागि १२ बलमा २५ रनको आवस्यक भएको अवस्थामा क्रिजमा कप्तान पारस खड्का र अनिल मन्डल थिए । अनिलले ८६ बलमा ९३ रन बनाएर खेलिरहेका थिए भने अर्का तिर पारसले ५५ बलमा ७६ रन जोडेका थिए ।

३४.१ : बलर (मेन), ब्याट्सम्यान (पारस) = १ रन

३४.२ : बलर (मेन), ब्याट्सम्यान (मण्डल) = २ रन

३४.३ : बलर (मेन), ब्याट्सम्यान (मण्डल) = १ रन

३४.४ : बलर (मेन), ब्याट्सम्यान (पारस) = आउट ! पारस ७० (५५)

३४.५ : बलर (मेन), ब्याट्सम्यान (मण्डल) = रन आउट ! सरद ०(०)

३४.६ : बलर (मेन), ब्याट्सम्यान (ऐरी) = वाइड बल !

३४.६ : बलर (मेन), ब्याट्सम्यान (ऐरी) = २ रन

अन्तिम ओबरमा नेपाली टोलीलाई जितको लागि ६ बलमा १७ रनको जरुरत थियो तर नेपाली टोलीले १३ रन मात्र जोड्न सफल भयो । यस्तो थियो अन्तिम ओबर :

३५.१ : बलर (शरिफ), ब्याट्सम्यान (मण्डल) =आउट !

३५.२ : बलर (शरिफ), ब्याट्सम्यान (ऐरी) = १ रन !

३५.३ : बलर (शरिफ), ब्याट्सम्यान (सोमपाल) = ६ रन !

३५.४ : बलर (शरिफ), ब्याट्सम्यान (सोमपाल) = १ रन !

३५.५ : बलर (शरिफ), ब्याट्सम्यान (ऐरी) = १ रन !

३५.६ : बलर (शरिफ), ब्याट्सम्यान (सोमपाल) = ४ रन !

३) २०१५ डब्लुसिएल

नेपाल : १६७ (४९.१ ओभर)

स्कटल्याण्ड १११/१ (१३.१ ओभर)

डिएल मेथोड़मा स्कटल्याण्ड ९ विकेटले विजयी !

विश्वक्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत स्कटल्याण्डमै भएको अर्को खेलमा नेपाली टोलीले नराम्रो हार बेहोर्न पुगेको थियो । पहिलो खेलमा निकै राम्रो प्रदशन गरेको नेपाली टोलीले दोस्रो खेलमा भने सो लय काएम राख्न सकेन । बर्षातको कारण पनि सो खेलमा नेपाली टोलीलाई ठुलो बेफाइदा भएको थियो ।

स्कटल्याण्ड बिरुदको उक्त खेलमा नेपाली टोलीलाई टस हार्दा स्कटल्याण्डले नेपाली टोलीलाई सुरुमा ब्याटिंग गर्न आग्रह गरेको थियो जुन स्कटल्याण्डको लागि निकै राम्रो साबित भयो । पहिलो इनिंगमा नेपाली टोलीलाई ४९.१ ओबर खेल्दै मात्र १६७ रनमा सबै विकेट गुमायो जसमा १० ओटा वाइड सामेल थियो । नेपाली टोलीको लागि कुनै पनि ब्याट्सम्यानले लामो इनिंग खेल्न नसकेका उक्त खेलमा सरद भेस्वाकरले ३० रन (६६ बल) जोडेका थिए भने बसन्त रेग्मिल्व १९ रनको योगदान गरेका थिए । त्यस्तै कर्णले १७ रन, मल्ल र पृथुले समान १६-१६ रन जोडे ।

५० ओबरको खेलमा मात्र १६८ रनको लक्ष्य पछयाउने क्रममा स्कटल्याण्डले उत्कृस्ट ब्याटिंग गर्यो । वर्षाका कारण बिचमा खेल अबरुद्द हुदा खेललाई २२ ओबरमा झारिएको थियो । यसको मतलब स्कटल्याण्डले २२ ओबरमा १११ रनको लक्ष्य भेट्टाउनु पर्ने भयो । मात्र १३.१ ओबर ब्याटिंग गरेको स्कटल्याण्डले सिर्फ १ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो । उसको लागि ३ नम्बरमा ब्याटिंग गर्न आएका क्रसले ३७ बलमा बिस्पोटक अविजित ५१ रन बनाउदा (४ चौका र २ छक्का) ओपनर मुंसयले अविजित ४० रनको योगदान गरे । नेपाली टोलीको लागि सोमपाल कामीले एकमात्र विकेट दिलाएका थिए ।

अबको खेल जित्न के गर्ने त ?

सन्दीपको बलिंगमा थप आक्रमकता : डिभिजन दुइ प्रतियोगितामा म्यान अफ दी सिरिज भएका सन्दीपलाइ अब थप आक्रामक बलिंग गराउनु जरुरी देखिन्छ । यदि सन्दीपले आफ्नो ओबरमा दबाब बनाउन सके भने अर्को इन्डबाट बलिंग गर्ने बलरले या सन्दीप आफैले बिकेट पाउने सम्भावना उच्च हुन जान्छ । सन्दीपसंग थुप्रै प्रतिभा रहेकाले उनले अब आफ्नो सम्पूर्ण सिप खन्याउन पर्ने देखिन्छ । उनले डिभिजन दुइमा ६ खेलमा १०.३ को औसतमा ५४.२ ओबर बलिंग गर्दै १७ विकेट हात पारेका थिए ।

फिल्डिंग थप बलियो बनाउने : जिम्बाबे बिरुद्दको खेलमा नेपाली टोलीको फिल्डिंग खासै बलियो नदेखिदा जिम्बाबेका ब्याट्सम्यान खेलमा हाबी भएका थिए । सुरुवाती ओबरमै बसन्त रेग्मीको बलमा क्याच छाडे पछि नेपाली टोलि खेलमा धकेलिदै गएको थियो । हिजोको खेल हार्दैमा खासै केहि भएको छैन, यदि नेपालले अबको खेलमा फिल्डिंग बलियो बनाउछ भने नेपाली टोलीको बलिंगमा धेरै गहिराइ रहेकाले विकेट सजिलै मिल्न सक्छ । त्यस्तै नेपाली टोलीले बिपक्षी ब्याट्सम्यानलाइ सजिलै एक दुइ रन लिन दिएनन् भने पनि विकेट आउने सम्भावना प्रबल हुन जान्छ । अबको खेलमा नेपाली टोलि दिमागले क्रिकेट खेल्न जरूरी देखिन्छ ।

ब्याटिंगमा डट बल कम गर्ने : नेपाली ब्याट्सम्यानहरुको बिगत लामो समय देखिको समस्या अब भने पुन दोहोराए नेपाली टोलीलाई ठुलो घाटा हुने देखिन्छ । जिम्बाबे बिरुद्दको ५० ओबरको खेलमा नेपाली ब्याट्सम्यानहरुले २० ओबर भन्दा धेरै डट बल खाएका थिए । यसको मतलब एउटा टि २० इनिंग नै बिना रन खेर गएपछि खेल जित्न निकै मुस्किल हुने नै भयो । त्यसैले यदि अबको खेल जित्नु छ भने नेपाली ब्याट्सम्यानहरुले यो कुरामा ध्यान पुर्याउन जरुरि देखिन्छ ।

नेपाली ब्याट्सम्यानहरुलाई पूर्व खेलाडीको सुझाब

त्यसैले मुख्य चिन्ताको विषय रहेको ब्याटिङ सुधार्न १५ वर्ष राष्ट्रिय टोलीका प्रारम्भिक ब्याट्सम्यान रहेका परेश लोहनी सुझाव दिएका छन् । उनले भने, ” मानसिक रूपमा तयार हुनुपर्छ। म क्रिजमा बस्छु। के छ र तीनवटा डट बल खाउँ। मेडन ओभर खाउँ। नन स्ट्राइक जाने र रन लिन जरूरी छ। त्यसो हुनासाथ विश्वास बढ्छ। यो त ५० ओभरको खेल हो २० ओभरको होइन नि।“

कस्को ठाउमा कसलाई मौका दिने त ?

Source todaysnepal

Share