आलीले भने- अब नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनु पर्दैन !

आलीले भने- अब नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनु पर्दैन !

प्रमाणपत्र लिन गृह जिल्ला झापा पुगेर सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले मुलुकले नयाँ इतिहास रचना गरेको बताए । उनले अब मुलुकको शासन सञ्चालनमा जनताको सहभागिता रहने दाबी गरे । ‘जन्मिँदै शासक हुने, कानुभन्दा माथि रहने राजतन्त्र हामीले उखालेर फ्याँकिसक्यौँ,’ उनले भने, ‘अब जनताबाट निर्वाचित प्रतिनिधिले शासन चलाउँछन्, नीति, नियम र कानुन बनाउँछन् ।’

ओलीले केही वर्षभित्रै नेपालबाट गरिबी समाप्त पार्ने दाबी गरे । जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने ओलीको भनाइ थियो । निर्वाचनमा पराजित उम्मेदवार तथा पार्टीलाई ओलीले पिर नगर्न आग्रह गरे । कुनै भेदभाव नगरी सबैलाई समेटेर लैजाने ओलीले बताए ।

‘म आफ्ना लागि होइन, देशका लागि लड्दैछु,’ उनले भने, ‘अब कोही पनि नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनु पर्दैन, यहीँ रोजगारी सिर्जना गरिन्छ, केही वर्षभित्रै मेनपावर कार्यालयहरु ग्राहक नआएको पसलजस्तै हुनेछन् ।’

ओलीले आफ्नो ध्यान मुलुकलाई सम्बृद्ध बनाउनेतर्फ भएको बताए । झापाबाट विजयी कोही पनि उम्मेदवारले भ्रष्टाचार नगर्ने उनले बताए । ओलीले भने, ‘म जमानी बसेको छु, उहाँहरुले गलत काम गर्नुहुने छैन ।’ नयाँ पत्रिकाबाट

Source todaysnepal

Share