काठमाडौंमा दिउसै घट्यो डरलाग्दो घटना : नुवाकोटका २३ वार्षिय युवतिको हत्या

काठमाडौंमा दिउसै घट्यो डरलाग्दो घटना : नुवाकोटका २३ वार्षिय युवतिको हत्या

१६ चैत्र २०७४, काठमाडौं । शुक्रबार दिउँसो साढे तीन बजे काठमाडौ नैकापमा एक युवतिको हत्या भएको छ ।बिभिन्न हत्त्या तथा बलात्कारका थुप्रै घटनाहरु घटिरहेको बेला आज फेरि दिउसै एक युवतिको हत्या भएको छ ।

नुवाकोट घर भएकी २३ बर्से नमुना तामाङ को एक अज्ञात युवक ले हत्या गरि फरार भएको छ। नुवाकोट जिल्ला बेलकोट गढी ४ घर भएकी तमाङ बिगत केही बर्ष देखि काठमाडौंको नैकापमा बस्दै आयकी थिइन ।

हिजो दिउँसो ३ बजे भएको घटना सङ्घै जनमानसमा त्रास उत्पन भएको छ भने प्रहरी प्रशासनलाइ चुनैती बढेको छ ।

उक्त हत्याको आशंकामा उनको आफै श्रीमानको धादिङ असारेबाट हिजो राती नै गिरफ्तारमा परिसकेका छन् । उनको श्रीमानलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
अहिले उक्त मृतक Teaching Hospital लगिएको छ । प्राप्त जानकारी अनुसार लामो समय देखि श्रीमन श्रीमती मनमुटाव रहेको आफन्तले जनाएका छन् ।

 

अन्य समाचार

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
राजविराज। माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिनुभयो । परीक्षामा मर्यादा विपरित कार्य गरी लापर्वाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताउनुभयो ।

यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ । यसवर्ष सप्तरीमा नियमित तर्फ आठ हजार ५१४ र एक्ज्याम्टेडतर्फ एक हजार १३ गरी कूल नौ हजार ५९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १२२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

Source nepalinews24

Share