दुई वर्ष अघि समुन्द्रमा झरेर हराएको क्यामरा २५० कि.मी.टाढा सद्दे भेट्टाइयो

दुई वर्ष अघि समुन्द्रमा झरेर हराएको क्यामरा २५० कि.मी.टाढा सद्दे भेट्टाइयो

बीबीसी– दुई वर्ष अघि समुद्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । यसको ‘वाटरप्रुफ’ खोलका कारणले गर्दा क्यामारा अझै प्रयोग गर्ने अवस्थामा नै रहेको छ ।

यसलाई स्कुले बालबालिकाहरु र शिक्षकको समूहले भेटेका थिए । त्यसपछि, तिनले आफूले भेट्टाएको क्यामरा यसको मालिक कहाँ पु¥याउने सोचेर यसलाई समाजिक सञ्जालमा ‘शेयर’ गरे ।
र, एक दिन भित्रमा उनीहरुले आफ्नो लक्ष्य भेटे ।

“म विश्वास गर्न सकिरहेको थिइँन,” क्यामरा धनी सेरिना सुवाकिहाराले बीबीसीलाई भनिन्, “जब मलाई मेरो साथीहरुले क्यामराको बारेमा बताए । म निक्कै आश्चर्यमा परेको थिएँ । तिनले मलाई ती तस्विरहरुसहितको पोष्ट पठाएका थिए ।”

जापानी विश्वविद्यालयमा विद्यार्थी रहेकी सुवाकिहारा यो क्यामेरा खासाउँदा बिदामा इशिगाकी टापूमा थिइन् । यो टापू ताइवानबाट २५० किलोमिटर टाढा रहेको छ ।

“म ‘स्कुवा डाइभिङ्ग’ गर्दै थिएँ । त्यसक्रममा मेरो एक साथीलाई हावाको कमी भएपछि मेरो सहयोग मागे । बचाउनको हतार गर्दा मैले क्यामेरा हराएँ ।”

यो सेप्टेम्बर २०१५ को कुरा थियो । जब क्यामेरा उनको हातबाट खस्यो उनलाई क्यामेरा सधैँको लागि हराएको ठानिन् ।

तर डाइभिङ्ग खोलमा सुरक्षित रहेर क्यामराले एक हिसाबको सानो यात्रा नै ग¥यो ।

यसले सयौँ किलोमिटरको यात्रा ग¥यो र अन्ततः ताइवानको समुन्द्री किनारमा पाखा लाग्यो ।

त्यही ठाँउमा विद्यार्थीहरुले क्यामरा भेटेका थिए । त्यो दिन विद्यार्थीहरु समूद्री किनार सफा गर्दै थिए ।

“एक ११ वर्षे बालकले क्यामरा भेटेका हुन्,” शिक्षक पार्क लिले भने, “समुन्द्री झार र खपटाले छोपिएको खोल पत्थरजस्तै देखिन्थ्यो । खोल खोल्न मिल्ने एक बटन पनि थियो ।”
भित्र एक थोपा पानी पनि पसेको थिएन र भित्र क्यामेरा राम्रो अवस्थामा थियो ।

“झन ्आश्चर्यजनक कुरा केटाले क्यामेराको ‘पावर अन’ गर्दा क्यामेरामा अझै चार्ज बाँकी थियो ।”

क्यामरा धनीको खोजी
स्कुल फर्केपछि लि र उनका विद्यार्थीहरुले आफ्नो यो ‘खोज’बारे छलफल गरे ।

“केही विद्यार्थीले क्यामरा आफैले राख्ने सोचेका रहेछन् । अरुले यो जसको हो उसैलाई फिर्ता गर्नुपर्छ सुझाव दिए । त्यसपछि हामीले यसलाई कसरी गर्ने सोच्न थाल्यौं ।”

लिले क्यामेरामा रहेको फोटोहरु समेटेर समाजिक सञ्जालमा एक पोष्ट गर्ने सोच बनाए ।

केही तस्वीर जापानका थिए त्यसैले तिनले जापानीज भाषा पनि लेखेर पोष्ट गरे ।

केही समयमै यो पोष्ट १०,००० शेयर भइसकेको थियो र एक दिनमा यो सुवकिहाराकहाँ पुगिसकेको थियो ।

“जीवनमा जादुजस्तो घटना घट्दा म आफूलाई निक्कै भाग्यमानी महसुस गरिरहेकी छु र खुसी छु,” उनले भनिन् ।

“यी तस्वीरहरुले मलाई मेरो पुरानो दिनहरुको सम्झना गरायो र ति दिनहरुमा पु¥यायो ।”

उनले बीबीसीसँग कुरा गर्दै अब जुन महिनामा ताइवान जाने योजनामा रहेको सुनाइन् । त्यहाँ गएर उनी शिक्षक र स्कुले विद्यार्थीहरुलाई धन्यवाद दिनेछिन् र आफ्नो क्यामेरा फिर्ता ल्याउने छिन् ।

Source ratopati

Share