धुर्मुस-सुन्तलीले निर्माण गर्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई वर्षाले दिइन् ५१ हजार

धुर्मुस-सुन्तलीले निर्माण गर्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई वर्षाले दिइन् ५१ हजार

अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा धुर्मुस-सुन्तलीले निर्माण गर्ने अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि ५१ हजार सहयोग गरेकी छन् ।

नेपाली क्रिकेट फ्यानहरुको माग भन्दै धुर्मुस-सुन्तली फाउन्डेसनले केहि समय अगाडी क्रिकेट मैदान निर्माणको गर्ने घोषणा गरेको थियो । धुर्मुस-सुन्तलीको गौरवशाली योजनालाई सहयोग गर्न पाउँदा एकदमै खुशी लागेको प्रतिक्रिया वर्षाले दिएकी छन्।

वर्षा शनिबारबाट २४ वर्षमा लागेकी छन्। वर्षाले सो सहयोग रकम फाउन्डेसनकी कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तानतरण गरेकी हुन्।  वर्षा अहिले ‘जय शम्भू’को छायाँकनमा व्यस्त छिन । वर्षाको ‘भैरे’ प्रदर्शनको क्रममा छ ।

Source setopati

Share