पानी बचाउने सजिलो तरिका छ– मासु खान छाडिदिनुस् !

पानी बचाउने सजिलो तरिका छ– मासु खान छाडिदिनुस् !

–मनेका गान्धी, भारतीय महिला तथा बाल विकास मन्त्री

भारतीय सिंचाइ विभागमा एउटा शब्दावली प्रयोग गरिन्छ ‘डार्क जोन’ । यसले यस्तो क्षेत्रलाई जनाउँछ जहाँ कतै पनि ट्युबेल गाड्दा पानी आउँदैन । किनकि यी स्थानमा पानीको स्तर ५०० फुटभन्दा पनि तल गइसकेको छ । बितेको दस वर्षमा धेरै क्षेत्र ‘डार्क जोन’ बने । दस वर्ष अघिसम्म पानीले भरिपूर्ण बिलसन्डा क्षेत्र ‘डार्क जोन’मा समावेश भएको छ ।

मानिसहरू निजी तरिकाबाट पानी बचाउने भरपुर कोसिस गरिरहेका छन्– हामी दाँत माझिरहँदा धाराको धाराको पानी बन्द गर्छौं । हामी भान्सामा काम गर्दा निस्केको पानी बगैंचामा सिंचाइको लागि प्रयोग गर्छौं र हामीमध्ये कैयांैले आफ्नो घरमा कम पानी खर्च हुनेखाले सावर र फ्लस लगाउन थालेका छौं । यदि हामी निकट भविष्यमा कर्नाटकविरुद्ध तमिनाडुविरुद्ध केरला वा पञ्जावविरुद्ध हरियाणाजस्तो पानीका लागि भइरहेको विवाद समाना नगर्ने हो भने हाम्रा अर्थशास्त्रीहरूलाई हाम्रा थालमा पुग्ने खाना उत्पादन गर्न लाग्ने पानीको अलग अलग मात्रालाई आँकलन गर्न लगाउनुपर्छ ।

खाना तयार गर्न पनि पानी खर्च हुन्छ 
हामी जे पनि खाना खान्छौं त्यसलाई फलाउन, प्रशोधित गर्न, प्याकेजिङ गर्न र घर वा दोकानमा पु¥याउनका लागि पानी आवश्यक हुन्छ । एक क्यालोरी मासुको लागि एक क्यालोरी अन्न या सब्जी तयार गर्नभन्दा १० गुणा बढी पानी खर्च हुन्छ । एक किलो क्यालोरी मासु तयार गर्नका लागि १०.१९ लिटर पानी आवश्यक पर्छ तर एक किलो क्यालोरी आलु तयार गर्नका लागि ०.४७ लिटर पानी, अन्नका लागि ०.५१ लिटर र तरकारीका लागि १.३४ लिटर पानी खर्च हुने गर्छ । यसको साथै फलफूल उब्जाउन २.०९ लिटर पानी जरुरत पर्छ । 

त्यसैले हामी जति धेरै मासु खान्छौं त्यति नै धेरै पानी खर्च हुन्छ । हामीले निर्यात गरेका मासुमा मृत जनावर मात्र होइन पूरा पानीको आपूर्ति पनि बाहिर पठाइरहेका हुन्छौं ।
विश्वस्तरमा संसरको तीन भागको एक भाग पानीको उपयोग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पशु उत्पादनमा भइरहेको छ । उत्पादमा खर्च हुने पानीको मात्राको हिसाब नेदरल्यान्डको ट्वान्टी विश्वविद्यालयका वैज्ञानिकहरू मेकोन्नेन र हौएक्सत्राले गरे । यो हिसाबमा भूमिगत वा सतहमा उपलब्ध पानीको उपयोग र खाद्यान्नको उत्पादनको दौरान प्रदूषित भएको पानीको मात्रा जोडिएको थियो । अध्ययनमा मासुको उपयोग खाद्यान्न र तरकारीको तुलनामा धेरै पाइयो । मासुमा पनि गाई र भैंसीको मासु उत्पादनमा सबैभन्दा बढी पानी खर्च भएको देखिएको थियो ।
संसारभरमा पशुहरूको हेरचाहमा हरेक वर्ष २४२२ अर्ब घन मिटर पानी खर्च हुन्छ । जसमा गाईको मासुका लागि मात्र ७९८ अर्ब घन मिटर खर्च हुन्छ ।

कुन खाना उत्पादन गर्नका लागि कति पानी आवश्यक ?
अलग अलग मौसममा गाई वा भैंसीले दैनिक ३५–७५ लिटर पानी पिउँछन् । यसपछि यिनको शरीरको सरसफाइमा औसतमा दैनिक २८ लिटर पानी खर्च हुन्छ । प्रति गाई वा भंैसीमा दैनिक १५० लिटर पानी तिनको कगोबर, मूत सरसफाइमा प्रयोग हुने गर्छ । यिनलाई मारिसकेपछि तिनको सम्पूर्ण शरीर सफा गर्नका लागि १५ हजार लिटर पानी खर्च हुन्छ । साथै मासु ताजा बनाइराख्नका लागि समय समयमा पानी छर्किरहनुपर्छ । अझ त्यसलाई पकाउनु अघि थप सफा गर्नका लागि पुनः पानीको प्रयोग गरिन्छ ।

यदि तपाईंले यी सबै जोड्नु भयो भने र ३०० केजीको एक गाई वा भैंसीबाट सय किलो मासु निक्लन्छ भने एक किलो मासु उत्पादन गर्नको लागि १५ हजार लिटर पानी खर्च हुन्छ । यसको तुलनामा एक किलो साग उत्पादन गर्नका लागि ३२२ लिटर पानी खर्च हुने गर्छ । फलफूलमा ९५२ लिटर पानी आवश्यक पर्छ भने जौ, गहँुजस्तो अन्न उत्पादन गर्नका लागि १६४४ लिटर पानी आवश्यक पर्छ । त्यस्तै एक किलो दाल उत्पादन गर्नका लागि ४०५५ लिटर पानीको आवश्यक पर्छ ।

फेरि मासुको उत्पादन हरेक वर्ष बढिरहेको छ । यसका लागि हामी अर्बौं लिटर पानी प्रयोग गरिरहेका छौं र यो पानी फेरि आफ्नो तिर्खा मेटाउनका लागि होइन । सन् २०१६ मा मात्र भारतमा १५.६ लाख टन गाईको मासु उत्पादन भयो । यसमध्य धेरै मध्य–पूर्वका देशमा निर्यात भयो ।

हामी मध्यपूर्वका सम्पन्न राष्ट्रहरूका लागि आफूहरूमाथि बोझ हालिरहेका छौं । उनीहरू भने हामीबाट मासु आयात गरेर आफ्नो पानी बचाइरहेका छन् ।

कतै पिउनका लागि पानी छैन, कतै मासुको रजाइँ
डच वैज्ञानिकहरूको अनुसार मांसहारी खानामा आधारित खानालाई साकाहरी खानामा बदलेर एक उपभोक्ताले खानामा प्रयोग हुने पानी ३६% घटाउन सक्छ ।

यो सजिलो समाधानलाई आज तपाईं पनि प्रयोग गरेर हेर्नुस् । यदि तपाईं आफूले खाइरहेको मासुको मात्रालाई आधा गर्नुभयो भने तपार्इं पानीको उपयोग पनि आधा गरिरहनुभएको हुन्छ । यो कदमले संसारमा उपयुक्त उपयोगका लागि धेरै पानी रहन्छ, जो आवश्यक खाद्यान्न उब्जाउन सहयोगी हुन्छ ।

तथ्याङ्कहरूले संसारको जनसङ्ख्या चाडै ९.६ अर्ब हुने देखाएको छ । यो जनसङ्ख्यालाई पु¥याउन विश्वस्तरमा खाद्यान्न उत्पादन ७०% बढाउनुपर्छ ।

खाद्यान्न आवश्यकता बढेसँगै त्यसलाई उब्जाउनका लागि पनि पानीको अवश्यकता पर्छ । मासुमा निर्भर जनसङ्ख्याालई पेट भर्न फाइदाजनक हुन्न । साथसाथै यो मानव अधिकारको पनि विषय हुनजान्छ– केही मानिसहरूका लागि मासु खुवाउनका लागि दुर्लभ पानी खर्च गर्नु समतामूलक हुँदैन ।

‘डार्क जोन’ कालो छायाँ जसरी बढिरहेको छ । समयसँगै यो तपाईंको ढोकामा पनि आइपुग्नेछ । त्यस समय तपाईं रातको दुई बजे एक बाल्टी पानीका लागि लाइनमा उभिनुपर्नेछ । त्यो समय मासु आफै गायब हुनेछ । तर त्यो बेलासम्म एक अपूरणीय क्षति भइसकेको हुन्छ ।

Source ratopati
Share