फेरियो अशोक दर्जीको जिन्दगी-निःशुल्क पढ्न सुरु गरे, यसरी भयो उनको स्वागत (भिडियो सहित)

फेरियो अशोक दर्जीको जिन्दगी-निःशुल्क पढ्न सुरु गरे, यसरी भयो उनको स्वागत (भिडियो सहित)

उर्लाबारी/ पछिल्लो समय सामाजिक संजाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जी बिहिबारबाट विद्यालय जान थालेका छन् । अदभूत गायन क्षमताका कारण, छोटो समयमा नै चर्चामा रहेका उनलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको हो । अशोकसँगै उनका दुई बहिनीहरुको पठनपाठनको जिम्मा पनि सोही विद्यालयले लिएको छ ।

आर्थिक अवस्था नाजुक भएका कारण नै उनले दुई कक्षासम्म मात्रै पढ्न सकेका थिए । उनलाई स्कुल लगाउने कार्यमा पत्रकार किसोर श्रेष्ठ, विवेक हिङमाङ, ममता राना लगायतले महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । आफ्नो छोरालाई पुनः स्कुल जाने अवसर  मिलाइ दिएकोमा अशोकका बुबाले सहयोगी सबैलाई धन्यवाद दिएका छन् । १० कक्षासम्म पढ्ने इच्छा रहेको अशोकले बताए । विद्यालयको पहिलो दिन विद्यार्थी र शिक्षकले अशोकको भव्य स्वागत गरेका थिए भने अशोकले गीत गाएर सुनाए ।

गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण  स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । भिडियो हेर्नुस्

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्दथे । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।

Source dthreeonline

Share