अदभूत शिशुको जन्म, भगवान सम्झेर पूजा गर्नेको भीड, प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे

अदभूत शिशुको जन्म, भगवान सम्झेर पूजा गर्नेको भीड, प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे

संसारमा कहिलेकाहीँ विचित्र घटनाहरु हुन्छन् । केही बच्चाहरु निकै अप्राकृतिक स्वरुपमा जन्मिन्छन् । यस्ता घटनाहरु लाखौंमा एक हुने गरेका छन् । यस्तै विचित्र घटना भारतको मुम्बइमा बिहीबार भएको छ ।

यहाँको छत्रपति शिवाजी महाराज सर्वोपरी अस्पतालमा दुई टाउको र दुई मुटु भएका बालकको जन्म भएको छ । विचित्र बच्चाको जन्म भएको खबरपछि ती बालकलाई हेर्नको लागि ठूलो संख्यामा भीड जम्मा भयो । डाक्टरका अनुसार अहिले ती बालकलाई आइसीयुमा राखिएको छ जहाँ उनको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानी गरिँदैछ । मिडिया रिपोर्टका अनुसार कोही यसलाई भगवानको रुप मानिरहेका छन् भने केहीले चमत्कार भनेका छन् । बालकलाई भगवान सम्झेर पूजा गर्नेहरु पनि ठूलो संख्यामा छन् ।

सुत्केही व्यथा लागेर अस्पताल भर्ना गरिएकी महिलाको परीक्षणका क्रममै डाक्टरहरुले दुई टाउको भएको बच्चाको जन्म हुने सम्भावना देखाएका थिए । बिहीबार अपरेशन गरेर बच्चाको जन्म हुँदा डाक्टर पनि चकित परे । बालकको धाँटी र टाउको दुई थिए तर शरीर एक थियो । डाक्टरका अनुसार यो अस्पतानमा यस्तो जन्म पहिलोपटक भएको हो । बालकका २ मुटु र दुई श्वासनली छन् । यसबाहेक अन्य अंग भने सामान्य बच्चाको जस्तै छन् । बच्चाको हालत निकै गम्भीर भएकोले आइसियुमा निरन्तर निगरानीमा राखिएको छ । एजेन्सी

Source todaysnepal

Share