अन्माएको दुई घण्टामै बेहुलीको गोली हानी हत्या

अन्माएको दुई घण्टामै बेहुलीको गोली हानी हत्या

नयाँ दिल्ली : एक अभागी बेहुली जो माइती घरबाट अन्मिएर घर पुग्न नपाउँदै ज्यान गुमाउनुपरेको छ।बेहुली बनेको दुई घण्टा नबित्दै उनले संसारबाट बिदा हुनुपरेको हो।

जुन छोरीलाई माइतीले साँझ विदाइका हात हल्लाए, उनैलाई त्यही रात अन्तिम विदाइ गर्न विवश हुनु पर्‍यो।भारतको उत्तरखण्ड मेरठस्थित देहरादुन-दिल्ली राष्ट्रिय राजमार्गमा नव दुलहीलाई घर नपुग्दै गोली हानी हत्या गरिएको हो।उनको लुटेराको एक समूहले गोली हानी हत्या भएको प्रहरी बताएको छ।

उत्तर प्रदेशको गाजियाबादकी महविश शुक्राबार बुलेका सात बजे माइतीघरबाट अन्मिएकी थिइन्। तर राति ९ बजे उनको आफ्ना नयाँजीवनसाथी र केही नातेदारसँगै कारमा सवार हत्या भएको हो।

बुहेलीमाथि लुट्ने उदेश्यले गोली हानिएको प्रहरीले बताएको छ।घटनापछि लुटेराको समूहले दुलहीको साथबाट नगदसहित लाखौं रुपैयाँका गरगहना लुटेका थिए।लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

लुटेराको आक्रमणमा परी बेहुलाका केही आफन्त पनि घाइते भएका थिए।मेरठ पुलिसले घटनाको जाँच सुरु गरेको छ। महविशका माइती पक्षले यो घटनामा बेहुलापक्षलाई दोषी ठानेका छन्। महविशका माइतीले यसलाई एकतर्फी प्रेम भएको कुरा पनि अस्वीकार गरेको छ।

महविशका बावुआमाले यो केवल लुट्का लागि गरिएको घटना मात्र नभइ यसको पछाडि अरु कुनै कारण रहेको बताएका छन्। उनीहरुले बेहुलीलाई गोली हानिएपछि बचाउन चासो नदिएको भन्दै पुलिसमा उजुरी दिएका छन्।’ यदि बेहुलीलाई गोली हानिदा किन प्रतिकार गरिएन? गाडीमा रहेका अन्यमाथि आक्रमण नहुनुले पनि शंका बढाएको छ,’बेहुलीका माइतीले भनेका छन्।

Source annapurnapost

Share