चार फेरामै सम्पन्न भयो सोनम–आनन्दको विवाह

चार फेरामै सम्पन्न भयो सोनम–आनन्दको विवाह

वैशाख २५ – अभिनेत्री सोनम कपूर तथा आनन्द आहुजाले विवाहको लगन गाँठो कसी सकेका छन ।

सोनमको विवाहको कार्यक्रम उनकी सानीआमाको बंगलामा भएको छ । सोनम र आनन्दले सिख रीति रिवाजमा विवाह गरेका छन ।

विवाहमा सोनम र आनन्दले अगनीलाई साक्षि राख्दै सात फेराको साटो चारवटा फेरामात्रै लिएर विवाह गरेका छन । जुन विवाह आनन्द कारज विधिबाट गरिएको छ ।

आनन्द कारजको अर्थ हो खुशीको कार्य । यो विधि हिन्दु धर्मको विवाह विधि भन्दा फरक मानिन्छ । यस विधिमा लगन, मुहुर्त, सगुन–अपसगुन, नक्षत्र र कुंडली मिलाइराख्नु पर्दैन ।

विवाहको निमन्त्रणा कार्डमा पाहुनाहरुलाई भारतीय परम्पराको पहिरन लगाएर उपस्थित हुन भनिएको थियो । विवाहमा अभिताभ बच्चन, कट्रिना केफ, रानी मुखर्जी, करण जोहर, करिना कपूर लगायत कयौं बलिउड स्टार उपस्थित भएका छन ।

Source ujyaaloonline

Share