मोदीले ओली भने कि कोली ? हेर्नुस् भिडियो

मोदीले ओली भने कि कोली ? हेर्नुस् भिडियो

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नुभएको छ ।

आज बिहान एयर इन्डियाको विशेष विमानमाफर्त बिहारको पटना हुँदै मोदी जनकपुर आइपुग्नुभएको हो । उहाँले जानकी मन्दिरमा विशेष पूजाअर्चनासमेत गर्नुभयो । उहाँलाई जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । जानकी मन्दिरमा पूजाअर्चना गरिसकेपछि उहाँले आगन्तुक पुस्तिकामा जनकपुर आउने आफ्नो पुरानो चाहना पूरा भएको बताउनुभयो ।

पूजाआजा गरिसकेपछि जानकी मन्दिर परिसरमा भारतीय प्रधानमन्त्रीले नेपाल सरकारले आफूलाई गरेको स्वागतसत्कारको प्रशंसा गर्नुभएको थियो । उहाँले ‘मेरो मित्र तथा भाइसाब कोलीजी’ लाई मेरो स्वागत गर्नुभएको धन्यवाद दिन चाहन्छु’ भन्नुभएको थियो ।

उहाँले ओली भन्नुपर्नेमा कोली भनेको भन्दै सामाजिक सञ्जालमा कतिपयले मजाक उडाइरहेका छन् । कतिपयले आफ्नै भाइको थर पनि बिर्सने भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई उडाइरहेका छन् । कतिपयले भने भारतीय प्रधानमन्त्रीले झुक्केर ओलीको ठाउँमा ‘कोली’ भनेको हुनसक्ने पनि भनेका छन् ।

त्यहाँसम्म त ठिकै छ भारतीय च्यानलहरुले पनि मोदीले भनेको ‘कोली’ शब्द राखेरै फ्ल्यास न्यूज प्रसारण गर्न भ्याए ।

भलै पहिले ‘कोली’ भनेर सम्बोधन गर्नुभएका मोदीले बाह्रबिघामा भने प्रधानमन्त्री ओलीलगायत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको उच्चारण प्रष्ट गर्नुभएको थियो ।

Source ujyaaloonline

 

Share