गगन थापाको प्रश्न : मैले प्रधानमन्त्री ओलीलाई महालम्पसरवादी भन्न पाउने कि नपाउने ? (भिडियो)

गगन थापाको प्रश्न : मैले प्रधानमन्त्री ओलीलाई महालम्पसरवादी भन्न पाउने कि नपाउने ? (भिडियो)

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।

सोमबार संसद बैठकमा बोल्दै उहाँले चुनावको बेला प्रधानमन्त्री ओलीले गरेका राष्ट्रवादका कुरा र अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्मरण गर्दै प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको भारत भ्रमणका बेला ओलीले गरेको टिप्पणी स्मरण गर्दै उहाँले भन्नुभयो – ‘पहिले दुई प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्दा कसैलाई सिंगडा बेच्न गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनियो । आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’ राष्ट्रियतालाई सधैं भोटको विषय नबनाएर छिमेकी देशका बारेमा साझा दृष्टिकोण बनाएर मात्र नेपालले लाभ लिन सक्ने बताउनुभयो ।

Source ujyaaloonline
Share