तोकिएभन्दा २५ सेकेण्ड चाँडै रेल गुडाउँदा यात्रुसँग माफी माग्यो जापानको रेल्वे कम्पनीले

तोकिएभन्दा २५ सेकेण्ड चाँडै रेल गुडाउँदा यात्रुसँग माफी माग्यो जापानको रेल्वे कम्पनीले

जापानको एक रेल्वे कम्पनीले रेल निर्धारित समयभन्दा २५ सेकेण्ड छिटो गुडाएकोमा यात्रुहरुसँग क्षमायाचना गरेको छ ।
वेष्ट जापान रेल्वेजले शिगाको नोटोगावा स्टेशनबाट ७ बजेर १२ मिनेटमा गुड्नुपर्ने आफ्नो एउटा रेल गल्तीले ७ बजेर ११ मिनेट ३५ सेकेण्डमा गुडेर यात्रुहरुमा पर्न गएको ठूलो असुविधाको लागि क्षमा याचना गरेको हो ।
नोटोगावा स्टेशनबाट बिहान ७ बजेर १२ मिनेटमा निशी आकाशीका लागि छुट्नुपर्ने त्यो रेलका सहचालकले  ७ः११ मा छुट्ने ठानेर ७ बजेर ११ मिनेटमै ढोका लगाइदिएका थिए ।
उनले गल्ती थाहा पाए तर प्लेटफार्म खाली देखेर ढोका खोल्नुको साटो २५ सेकेण्ड अगाडि नै गुडाउने निर्णय गरेका हुन् । यद्यपि, ७ बजेर १२ मिनेटमा यात्रा गर्नुपर्ने यात्रुहरु प्लेटफार्ममै थिए ।
सोरा न्युज २४ टेलिभिजनले जनाएअनुसार छुट्कामध्ये एक यात्रुले स्टेशनका कर्मचारमार्फत जेआर वेष्टको मुख्यालयमा खबर गरेपछि मुख्यालयले औपचारिक रुपमा क्षमायाचना गरेको थियो ।
‘हाम्रो कारणले यात्रु वर्गमा पारेको असहजता साँच्चै नै अक्षम्य थियो।’ जेआर वेष्ट ले भनेको छ, हामी हाम्रा कदमहरुको समीक्षा गर्नेछौँ र आउने दिनहरुमा यस्ता गल्तीहरु नदोहोर्याउन प्रयास गर्नेछौँ ।’
नोटोगावा प्लेटफार्मबाट निशी आकाशीका लागि छुट्नुपर्ने अर्को रेल ७ बजेर १९ मिनेटको थियो र त्यो रेल अघिल्लो छुटेको रेलभन्दा ६ मिनेटमात्र ढिला नोटोगावा प्लेटफार्ममा आइपुगेको थियो ।

Source ujyaaloonline

Share