विश्वकपका लागि ब्राजिलको २३ सदस्यीय टोली, घाइते नेमार पनि

विश्वकपका लागि ब्राजिलको २३ सदस्यीय टोली, घाइते नेमार पनि

काठमाडौँः रसिया विश्वकपका लागि ब्राजिलले २३ सदस्यीय टोली घोषणा गरेको छ ।

रसिया विश्वकपमा बलियो टोलीका रुपमा हेरियोका ब्राजिलले गोल रक्षकमा रोमाका एल्सियो, म्यानचेस्टर सिटीका एन्डरसन र कोरियनथेन्सका क्यासियोललाई छानेको छ ।

त्यसैगरी डिफेन्डमा म्यानचेस्टर सिटीकै डानियालो, कोरियथेन्सका फेग्नर, रियल मड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र माक्युएन्होस, इन्टरमिलानका मिरान्डा र जेर्मियोका पेड्रो गेरोमेल रहेका छन् ।

त्यसैगरी मिडिफिल्डरमा रियल मड्रिडका कासेमिरो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, बार्सिलोनाका पाउलिन्हो, सक्तर डोनेस्कका फ्रेड, बेइजिङ ग्युआनका रेनाटो अगुस्टो, चेल्सीका विलियन, युभेन्ट्सका डुग्लस कोस्टा र बार्सिलोनाका फिलिपे काउटिन्हो रहेका छन् ।

त्यसैगरी फर्वार्डमा घाइते भएर उपचाररत पेरिस सेन्ट जर्मेनका नेमार, सख्तर डोनेस्कका टाइसन, म्यानचेस्टर सिटीका ग्याब्रियल जेसुस लिभरपुलका रोबर्टो फिरमिन्हो रहेका छन् ।

विश्कप फुटबल रसियामा आगामी जुन १४ देखि जुलाई १५ सम्म हुँदैछ । जहाँ विश्वका ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

Source annapurnapost

Share