सन्दीपले लिए मुम्बईको पहिलो विकेट

सन्दीपले लिए मुम्बईको पहिलो विकेट

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दिप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् ।

ओपनिङ बलिङ गरेका सन्दिपले सुर्यकुमार यादवको विकेट लिएका हुन् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।

चौथो बलमा पनि ठुलो शट हान्न खोज्दा उनी विजयशंकरको हातबाट क्याच आउट भए । सुर्यकुमारले सन्दिपको पहिलो बलमा चौका, दोश्रोमा छक्का, तेश्रोमा २ रन लिएका थिए ।

Source ujyaaloonline

Share