गृहमन्त्री भन्छन्ः प्रचण्डका घरबेटी ठेकेदारलाई पनि कारबाही गर्छौँ

गृहमन्त्री भन्छन्ः प्रचण्डका घरबेटी ठेकेदारलाई पनि कारबाही गर्छौँ

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले भौतिक पूर्वाधार निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायीहरु कसैलाई पनि नछोडिने बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आधा दर्जन भन्दा धेरै ठुला परियोजना होल्ड गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि पनि कारबाही चलाइने बताएका हुन् ।

‘सबै ठेकेदारहरु घरधनी या घरबेटी नै हुन् । केही ठेकेदारहरु सांसद पनि  छन् । गृहले होइन, तोकिएको समयमा योजना पुरा नगर्ने र होल्ड गर्नेहरुलाई राज्यले नै कारबाही गर्ने भनिसकेको छ’, थापाले भने, ‘जसले समयमा काम पुरा नगरेर राज्यको ढुकुटीको दुरुपयोग गर्छ, त्यो कानुनको उल्‍लंघन हो । सम्झौताको अवज्ञा गर्नेलाई राज्यले भ्रष्टाचारी र ठग ठान्छ । घर धनी होस सभासद् हो जो भए पनि कारबाही हुन्छ ।’

राज्यलाई धोका दिने जोसुकैका घरधनी भए पनि नछाडिने थापाले बताए । ‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’

भिडियो

Source annapurnapost

Share