चीनले बनायो दुरुस्तै चरो जस्तो ड्रोन

चीनले बनायो दुरुस्तै चरो जस्तो ड्रोन

बेइजिङ: विश्वका धेरै देशहरु दुश्मनको निगरानीका लागि ड्रोन जस्ता प्रविधिको प्रयोग गरिरहेका छन् । तर, अर्कातिर चीनले भने यसको प्रयोग आफ्ना नागरिकको निगरानीका लागि प्रयोग गरिरहेको छ। तर फरक के छ भने चीनले चराले जस्तै उड्न सक्ने ड्रोनको विकास गरेको छ।

यस प्रविधिको प्रयोग गर्दै बनाइएको ड्रोनलाई देशका पाँच प्रान्तमा प्रयोग गरिएको छ। रिपोर्ट अनुसार यो ड्रोन पंक्षीको उडानको ९० प्रतिशत नक्कल गर्छ । यी ड्रोनलाई शिनजियाङ्ग प्रान्तको उइघर स्वायत्त क्षेत्रमा तैनाथ गरेको छ । यहाँ चीनको सीमा पाकिस्तान, रूस र भारतमेत ८ अलग अलग देशसँग जोडिएको छ ।

शिनजियाङ्ग प्रान्तमा नै भारत र चीनबीच विवादित अक्साई चीन क्षेत्र पर्छ । चीनले यस क्षेत्रमा पनि चरो जस्तो उड्न सक्ने यस ड्रोनको प्रयोग गरिएको बताइन्छ। पंक्षीको ९० प्रतिशत नक्कल गरेर यो ड्रोन बनाइएको हो । रिपोर्ट अनुसार ड्रोनको पखेँटा सक्कली चराको भन्दा कुनै रुपमा फरक नपर्ने गरी बनाइएको छ।

जमीनबाट देख्दा यसलाई चरो उडेकै मानिन्छ । यसले पखेँटा हल्लाउँदा पनि कुनै चरो उडेको प्रतीत हुन्छ । यो ४० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । यसै कारणले यसमा कुनै किसिमको शंका पनि हुँदैन ।

समाचार अनुसार यो ड्रोन राडारको पकडबाट पनि बचेर निस्कन्छ । आकार सानो भएकाले यो राडारको पकडमा तत्कालै पर्न सक्दैन । यसको तौल करिब २०० ग्राम छ । रिपोर्ट अनुसार यिनमा उडान नियन्त्रण प्रणाली, जीपीएस, आधुनिक क्यामेरार स्याटेलाइट डाटा लिङ्क पनि जोडिएको छ।

जसमा हरेक क्षण मानिसले निगरानी गर्न सक्छ । अहिले पुरै चीनमा यसको प्रयोग गरिएको छैन । तर परीक्षणका क्रममा यिनलाई सैन्य प्रयोगका लागि धेरै उत्कृष्ट बनाइएको छ।

यस ड्रोन निर्माण टिमका सदस्य तथा चीनको नर्थवेस्ट पोलिटेक्निकल विश्विद्यालयका प्राध्यापक याङ्ग वेङकिङ्गले बताए अनुसार यस्तो ड्रोन विश्वमा कहीँ बनेको छैन । चीनले यो ड्रोनलाई देशभर प्रयोगमा ल्याउने गरी बनाउने भएको छ।

Source annapurnapost

Share