रुँदै स्टेडियम सफा गरे जापानी समर्थकले (फोटो फिचर)

रुँदै स्टेडियम सफा गरे जापानी समर्थकले (फोटो फिचर)

काठमाडौँ: बेल्जियमसँग अन्तिम समयमा नमिठो हार भोग्दै एसियाको आशा जापान विश्वकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । रोस्तोभ एरिनामा भएको प्रिक्वार्टर फाइलनलको भिडन्तमा २ गोलको अग्रता लिएर पनि जापानले अन्तिम समयमा नतिजा बेल्जियमलाई सुम्पिन बाध्य भयो ।

बेल्जियमसँगको हारपछि विश्व कपको क्वार्टर फाइनलमा पहिलो पटक पुग्ने जापानको सपना पनि अधुरै रह्यो । अन्तिम समयमा गोल खाएपछि स्टेडियममै जापानी दर्शकको रुवाबासी चल्यो ।

निर्धारित सयमसम्म २-२  गोलको बराबरी रहेको खेल अतिरिक्त समयमा धकेलिने अवस्था थियो । तर बेल्जियमका  नेसर चाड्लीले इन्जुरी समय समाप्त हुन १७ सेकेन्ड बाँकी रहँदा गोल गरेपछि जापानी समर्थक र खेलाडी स्तब्ध भए ।

यति हुँदा हुँदै पनि स्टेडियममा उपस्थित जापानी समर्थकले आफ्नो सभ्यतालाई भुलेनन् । बेल्जियमले गोल गरेलगत्तै खेल सकिएपछि निराश जापानी समर्थकहरु बाहिरिएनन्, उनीहरु उल्टै स्टेडियमको प्याराफिटमा जम्मा भएको फोहोर उठाउन जुटे ।

जापानी समर्थकले हारबाट गहिरो चोट बोके पनि स्टेडियममा बेल्जियमका समेत समर्थकहरुले गरेको फोहोर आफैँले टिपेर व्यवस्थापन गरे ।

Share