उरुग्वेलाई २–० ले स्तब्ध बनाउँदै फ्रान्स सेमिफाइनलमा

उरुग्वेलाई २–० ले स्तब्ध बनाउँदै फ्रान्स सेमिफाइनलमा

विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सका लागि पहिलो गोल रफायल भारानेले गरेका थिए । खेलको ४० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टान्करले कोरिन्टोन टोलिस्सोलाई डिबक्स नजिकै फाउल गरेपछि रेफ्रीले फ्रीकिक दिएका थिए ।

फ्रान्सका एन्टोइन ग्रिजम्यानले हानेको फ्रीकिकलाई रफाएल भारानेले शानदार हेड गर्दै ४० औं मिनेटमा गोलमा परिणत गरेका थिए ।

त्यस्तै खेलको ६१ औँ मिनेटमा २५ यार्ड टाढाबाट एन्टोइन ग्रिजम्यानले गरेको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले गल्ती गर्दा फ्रान्सले २–० को अग्रता लिन पुग्यो । फर्नान्डोले रोकिसकेको बल हातबाट फुत्किएको थियो ।

Source ujyaaloonline

Share