राजधानीको जडिबुटीमा फेरि लियो टिपरले ज्यान

राजधानीको जडिबुटीमा फेरि लियो टिपरले ज्यान

काठमाडौं : राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन्।  मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन ढुंगेल भुइँमा बजारिएका थिए। तत्कालै प्रहरीले सुवेदीलाई शिक्षण अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले दिए।

एसपी मैनालीका अनुसार घाइते ढुंगेलको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालक धादिङका हरिशरण राईलाई नियन्त्रणमा लिएको छ।

Source annapurnapost

Share