इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

काठमाडौं : क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो।

खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया  १–० ले पछि परेको  थियो । दोस्रो हाफको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

निर्धारित ९० मिनटसम्म  पनि १-१  को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा मारियो मान्जुकिकले क्रोएसियाको जितका लागि निर्णायक गोल गरेपछि क्रोएसिया इतिहास रच्न सफल भयो ।

क्रोएसियाले उपाधिका लागि आइतबार सन १९९८ को विश्वविजेता फ्रान्सको समना गर्नेछ । फ्रान्स  मंगलबारको खेलमा बेल्जियमलाई पराजित गरी फाइलन प्रवेश गरेको हो ।

पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी  तहल्का मच्चाएको थियो ।  रूस विश्वकप क्रोएसियाका लागि  पाचौ सहभागिता हो ।

क्रोएिसयासँग स्तब्ध बनेको  १९६६ को विश्वविजेता इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

Source annapurnapost

Share