मनहरा र हनुमन्तेमा बाढी : बस्तीमा बाढी पस्यो, स्कुल डुब्यो (फोटो)

मनहरा र हनुमन्तेमा बाढी : बस्तीमा बाढी पस्यो, स्कुल डुब्यो (फोटो)

भक्तपुर : खोलामा आएको बाढीका कारण भक्तपुरका बस्ती डुबानमा परेका छन्। मनहरा र हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका बस्ती डुबानमा परेका हुन्।

इमाडोल र टिकाथलीका बस्तीमा पनि बाढी पस्ने खतरा देखिएको छ। बाढीले छाप्राहरू र विभिन्न सामान बगाएर ल्याएको छ।

नरेफाँटस्थित लालीगुराँस बोर्डिङ स्कुल डुबानमा छ। विद्यालय डुबानमा परेपछि सामानहरू सुरक्षित स्थानमा सारिँदैछ। विद्यार्थीहरूको परीक्षा समेत बाढीका कारण रोकिएको छ।

हेर्नुस् फोटोहरू

भक्तपुरको राधेराधेमा डुबान

Share