२० मिटर तल खोलामा बस खस्दा ……

२० मिटर तल खोलामा बस खस्दा ……

पाल्पा : तानसेन नगरपालिका–८ भालेबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइते मध्ये तानसेन–८ मदनपोखराका विष्णु मल्लको  अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेल बताए । प्रहरी नायव उपरीक्षक घिमिरेका अनुसार अन्य घाइतेको अवस्था सामान्य छ ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस तानसेन–८ भालेबासमा बिहान साढे ६ बजेतिर तानसेनबाट बुटवलतर्फ जादै गरेको लु १ ख ८१२७ नम्वरको बससँग ठोकिदा दुर्घटना भएको हो ।

खोलामा खसेको लु १ ख ७२७२ नम्बरको दुर्घटनाग्रस्त बस पूर्णरुपमा उल्टिएर बसको टायर माथि छत भुइमा भएको छ । घिमिरेका अनुसार विपरित दिशाबाट आउँदै गरेको बसलाई मोडमा साइड दिने क्रममा छलाउदा दुर्घटना भएको हो ।  बस सडकभन्दा करिब २० मिटर तल खोलमा खसेको छ ।

Source annapurnapost

Share