रुकुममा फेरि गाडी दुर्घटना, २ को मृत्यु, ८ घाईते

रुकुममा फेरि गाडी दुर्घटना, २ को मृत्यु, ८ घाईते

रुकुम (पश्चिम) – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् ।

सदरमुकाम सल्लेबाट खलंगातर्फ आउँदै गरेको सल्यान रुकुम यातायात समितिको ना ४ ख ६५१० नम्बरको बस दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी ६० मिटर तल खसेको बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

मृतक र घाईतेहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

८ जना घाईतेहरुलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पु्¥याईएको छ भने अन्य घाईतेहरुको उद्धार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारको खटिएको बताइएको छ ।

Source ujyaaloonline

Share