नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप (फोटो फिचर)

नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप (फोटो फिचर)

तस्बिर : विकास कार्की  
काठमाडौं : प्राध्यापक डा। गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भएको कार्यक्रममा कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताको प्रवेशसँगै तनाव भएको छ। कुनै पनि दल वा संगठनको झण्डा नलिई शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरे पनि तरुण दलका कार्यकर्ता झण्डासहित उपस्थित थिए।

माइतीघरबाट नयाँ बानेश्वरसम्म भएको र्‍यालीपछि कार्यक्रम जारी रहँदा एभरेस्ट होटलतर्फबाट तरुण दलका कार्यकर्ता सभास्थलमा प्रवेश गर्न खोजेका थिए।

प्रहरीले उनीहरुलाई रोक्न बल प्रयोग गर्दा सभास्थलमा तनाव भएको हो। नागरिक अगुवा कृष्ण पहाडीले सम्बोधन गरिरहँदा प्रहरीले अर्को तर्फबाट आएका तरुण दलका कार्यकर्तालाई तितरबितर पारेको थियो। उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्दा नयाँ बानेश्वरमा तनाव भएको हो।

‘हामीलाई केही हुँदैन, शान्त रहनुहोलाु भन्दै पहाडीले सभाका सहभागीलाई अनुरोध गरेका थिए। प्रहरीले तरुण दलका कार्यकर्तालाई भगाउन बल प्रयोग गरे पनि केसीको समर्थनमा जारी कार्यक्रममा भने असर परेको थिएन। 

source annapurnapost

Share