आपत्तिजनक टिप्पणीले गयो कानुन मन्त्री तामाङको पद

आपत्तिजनक टिप्पणीले गयो कानुन मन्त्री तामाङको पद

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्। बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।

सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्न लागेको सरकार तथा नेकपा सम्बद्ध स्रोतहरूले जनाएका छन्। यद्यपि यसबारे आधिकारिक प्रतिक्रिया दिन भने नेताहरूले मानेनन्।

मन्त्री तामाङले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागिसकेका छन्।

के भनेका थिए मन्त्री तामाङले ? बंगलादेशमा डाक्टर पढ्ने चेलीबारे मन्त्रीले किन बोले यस्तो ?

Source annapurnapost

Share