रसुवामा पहिरोः चार जनाको मृत्यु (१० तस्विरमा हेर्नुहोस्)

रसुवामा पहिरोः चार जनाको मृत्यु (१० तस्विरमा हेर्नुहोस्)

रसुवा – रसुवाको टिमुरेमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको मृत्यु भएको प्रहरीले जनएको छ । अन्यको पहिचान खुल्न सकेको छैन ।

पहिरोमा १० जना भन्दा बढी मानिस हराइरहेका छन् । हराएकाको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले रातोपाटीलाई जानकारी दियो ।

उद्दारका लागि स्काभेटर र डोजरको प्रयोग गरिएको छ । राति एक बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उपचार भइरहेको छ ।

रातिको उक्त पहिरोले  प्रहरी चौकी समेत बगाएको बताइएको छ । पहिरोले अन्य क्षति समेत पुर्यएको छ । केही घरहरु पुरिएका छन् । साथै पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रहरीले बताएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

Source ratopati

Share