पृथ्वीमुनि १० हजार टन हिरा भएको पत्ता लाग्यो, पहिले अनुमान गरिएभन्दा हजार गुणा बढी

पृथ्वीमुनि १० हजार टन हिरा भएको पत्ता लाग्यो, पहिले अनुमान गरिएभन्दा हजार गुणा बढी

एजेन्सी । पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ ।

अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि( भूकम्प नाप्दा प्रयोग गरिने प्रविधि) प्रयोग गरेर पृथ्वीको सतहमुनि १०,००० खर्ब टन हिरा रहेको पत्ता लगाएका हुन् ।

तर यो नयाँ आविष्कारले हिराको उत्खनन्मा भने तत्काल बृद्धी गराइहाल्दैन । किनकी हिराको भण्डार पृथ्वीको सतहको ९० मिल देखि १५० मिल मुनि रहेको छ । आजको उत्खनन् संयन्त्रले त्यति तल सम्म कुनै हिसाबले पनि भ्याउदैन ।

उदारणको लागि विश्वको दोस्रो ठूलो मानव निर्मित खाल्डो रसियामा रहेको मिर हिरा खानी हो । यो एक माइलको पनि एक तिहाई मात्र गहिरो छ ।

सिस्मिक प्रविधिमा नापजोखको लागि ध्वनी तरङ्गको प्रयोग ग¥यो । किनकी ति तरङ्ग चट्टान र खनिजको बनावट, तापक्रम र घनत्वको भिन्नता अनुसार अलग अलग गतिमा यात्रा गर्छन् ।
पृथ्वीको गहिराईमा पर्वतलाई उल्टाएर राखेको जस्तो विशाल चट्टानहरुको पिण्ड क्रेटन्स हुन्छ । ति सामान्यतया चिसो र वरपरका चट्टानभन्दा कम घनत्वको हुने गर्छ । ति स्थानमा ध्वनि तरङ्गको गति तीब्र हुन्छ ।

तर वैज्ञानिकहरुले क्रेटन्सको पिँधमा तरङ्ग झनै बढी गतिमा यात्रा गरेको देखे ।

त्यसैले उनीहरुले विभिन्न वस्तुहरुको मिश्रणबाट भर्चुअल चट्टान तयार गरे । यसको तीन आयामिक नमूना बनाइयो । र अनुसन्धानदाताहरुले त्यसमा ध्वानिको गतिको भिन्नता तुलना गरे ।

अन्य चट्टानको तुलनामा हिरामा ध्वनीको गति दोब्बर हुने गर्छ । त्यसैले अनुसन्धानदाताहरुले क्रेटन्समा केही तत्वहरु रहेको पत्ता लगाए ।

“यसमा हामीले हिरा राख्दा ठ्रयाक्कै मिल्यो किनकी ती केही बढी सघन हुन्छन् ,” एमआईटीमा पृथ्वी, वातावरण र ग्रह विज्ञान विभागका एक अनुसन्धानदाता उल्रिच फलले भने । उनी उक्त अनुसन्धानका एक प्रमुख सदस्य पनि हुन् ।

सिस्मोलोजिस्ट, जियोलोजिस्ट र अन्य वैज्ञानिकहरुले अनुसन्धानदाताहरुको समूहसँगै काम गरिरहेका फलले भर्चुअल चट्टानमा हिराको मात्रा बढाउँदै लगे । उनीहरुले थप मात्रा बढाउदै लगेर त्यसलाई पृथ्वीमा भएकै गति भएको अवस्थामा पुराए ।

त्यो भनेको क्रेटनको १–२% हो ।

त्यसपछि समूहले यो प्रतिशतमा पृथ्वीमा रहेको कुल क्रेटोनिक पिधंलाई गुणन गरे । क्रेटोनिक पिँधको आँकलन नयाँ र पूरानो चट्टान निर्माणको म्यापिङ्ग गरेर गरिएको हो । अन्तत लामो हिसाब पछि अन्तत निष्कर्ष १०,००० खर्ब टन निस्कियो । यो भनेको पहिले अनुमान गरिएको भन्दा हजार गुणा धेरै हो ।

हिरा कसरी बन्छ ?
फलले क्रेटनको पिँधमा हिरा भेटिनु आश्चर्य नभएको बताए । किनकी हिरा अत्यन्त बढी दबाब र तापमा बन्छ । र यति सबै चट्टानको तौलको दबाब आउने ठाँउ हिरा निर्माणको लागि उपयुक्त स्थान भएको फलले बताए ।
फलका अनुसार हामीले मानव प्रयोजनको लागि औँठी र हारमा प्रयोग गर्ने हिराहरु भने ज्वालामुखी विस्फोटको बेला पृथ्वीको सतहमा निस्किएका हिरा हुन् ।
यो अध्ययनमा कयैंन राष्ट्रिय र अन्तराष्ट्रिय सस्थानका अनुसन्धानदाताहरु पनि सहभागी थिए । यसमा क्यालिफोनिया विश्वविद्यालय–बर्कले, हारवार्ड विश्वविद्यालय, युनिभरसिटी अफ मेलबर्न र युनिर्भसिटी अफ साइन्स एण्ड टेक्नोलोजी लगाएका अनुसन्धानदाताहरु थिए ।

Source ratopati

Share