भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, यसरी बचाए सैनिकले

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण, यसरी बचाए सैनिकले

एजेन्सी : ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि ड्रोन आक्रमण भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यामहरुमा आएका खबर अनुसार शनिबार राजधानी काराकासमा आयोजित एक सभालाई सम्बोधन गर्दै गरेका राष्ट्रपति मादुरोमाथि ड्रोन आक्रमण भएको हो ।

ड्रोन आक्रमणबाट मादुरो सुरक्षित रहेको र उनको सुरक्षार्थ खटिएका ७ सैनिक घाइते भएको भेनेजुयलाका सूचनामन्त्री जर्ज रोड्रिगेजलाई उद्धृत गर्दै खबर दिइएको छ ।  खबर अनुसार राष्ट्रपति मादुरोले सेनाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।

उनको भाषणलाई सरकारी टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । उनले अर्थतन्त्रका बारेमा बोलिरहँदा भाषण बीचैमा रोकिएको र सैनिकहरु दौडिएको दृश्य टेलिभिजनमा देखिएको बताएइको छ ।

विस्फोटक पदार्थ लोड गरिएको ड्रोनलाई लक्ष्यमा पुग्नु अगाबै सैनिकले नष्ट गरिदिएका थिए । घटनापछि राष्ट्रपति मादुरोले आफ्नो हत्या गर्ने योजनासहित आक्रमण गरिएको यस्तो कार्य निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

आक्रमणको जिम्मेवारी कसैले नलिएको बताइएको छ । सन २०१३ मा ह्युगो चाभेजको मृत्युपछि भेनेजुएलाको राष्ट्रपति बनेका निकोसल मादुरो गत मे मा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

Source annapurnapost

Share