चितवनमा बस र ट्रक ठोक्किँए : चारको मृत्यु, १७ घाइते

चितवनमा बस र ट्रक ठोक्किँए : चारको मृत्यु, १७ घाइते

चितवन : सवारी दुर्घटनाका कारण चितवनमा चार जनाको मृत्यु भएको छ ।  रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा  ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो ।
त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो ।

राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ  आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो ।
घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।

Source annapurnapost

Share