नेपाल आइडल सिजन-२ को पहिलो भाग वर्ल्डवाइड ट्रेन्डिङ

नेपाल आइडल सिजन-२ को पहिलो भाग वर्ल्डवाइड ट्रेन्डिङ

काठमाडौँ: इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन-२ को पहिलो भाग युट्युबमा वर्ल्डवाइड ट्रेन्डिङ भएको छ ।  यो भाग नेपाल र कतारमा नम्बर १ ट्रेन्डिङमा पुग्न सफल भएको छ । त्यसैगरी विश्वका अन्य देशमा पनि नेपाल आइडल सिजन-२ को पहिलो भाग टप ट्रेन्डिङ भइरहेको छ।

गत बिहीबार राति साढे आठ बजे एपी वान टेलिभिजन र यु ट्युबमा सीधा प्रसारण भएको नेपाल आइडल सिजन-२ पहिलो भागको भिडियो नेपालमा ३६ घण्टा भित्रमा नम्बर १ ट्रेन्डिङमा पुगेको हो ।

यो भाग प्रसारण भएको १५ घण्टा नबित्दै नेपालमा नम्बर ४ ट्रेन्डिङमा शुक्रबारै पुगेको थियो । अन्य देशमा पनि यो भाग ट्रेन्डिङको टपमा पुगिरहेको छ । नेपाल आइडल सिजन २ को पहिलो भागलाई युट्युबमा अहिलेसम्म ७ लाख ३५ हजार पटक हेरिसकिएको छ।

अन्य देशमा पनि ट्रेन्डिङ

नेपाल आइडल सिजन-२ को पहिलो भाग नेपालसँगै कतारमा पनि नम्बर १ ट्रेन्डिङ भइरहेको छ। त्यसैगरी बहराइन र अस्ट्रेलियमा १३ नम्बरमा यो भाग ट्रेन्डिङ भइरहेको छ । कुवेतमा ११ नम्बरमा ट्रेन्डिङ भइरहँदा साउदी अरेबियामा २१ नम्बरमा ट्रेन्डिङ भएको छ ।

अर्कातिर युएईमा नेपाल आइडल सिजन-२ को पहिलो भाग ८ नम्बरमा ट्रेन्डिङ भएको छ।  त्यसैगरी जापानमा पनि नेपाल आइडल सिजन-२ को पहिलो भाग १७ नम्बरसम्म ट्रेन्डिङ हुन सफल भएको छ ।

नेपाल आइडल सिजन २ को पहिलो भागमा भैरहवा अडिसन देखाइएको थियो । जहाँ सहभागी सयौँमध्येबाट १८ जना प्रतिस्पर्धीहरु अर्को चरणका लागि छनौट भएका थिए ।

नेपाल आइडल नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल कार्यक्रममा दरिइसकेको छ। नेपाल आइडल पहिलो सिजन सागर आले बाहिरिँदाको भाग मात्रै युट्युबमा ७५ हजार जनाले एकसाथ लाइभ हेरेका थिए ।

नेपाल आइडलको पहिलो सिजनलाई युट्युबमा ७ करोड भन्दा धेरै पटक हेरिएको थियो । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन टु लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । शुक्रबार प्रसारण भएको धनगढी अडिसनको भाग पनि २१ हजार भन्दा धेरैले एक साथ लाइभ हेरेका थिए ।

नेपाल आइडल हरेक बिहीबार र शुक्रबार राति साढे आठ बजे एपीवान टेलिभिजन र युट्युबमा रहेको नेपाल आइडलको च्यानलबाट एकसाथ प्रसारण हुने गरेको छ ।

 

 

 

source annapurnapost

Share