इमरान खान भब्य प्रधानमन्त्री निवासबाट तीनकोठे घरमा सरे

इमरान खान भब्य प्रधानमन्त्री निवासबाट तीनकोठे घरमा सरे

इस्लामावाद:  पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान सोमवार २ सहयोगीसहित आफ्ना सैन्य सचिवको तीन कोठे घरमा सरेका छन् । उनले आइतवार मात्रै आफु विशाल प्रधानमन्त्री आवासमा नबस्ने घोषणा गरेका थिए । इमरानले सरकारी खर्चमा कटौतीको संकल्प पनि गरेका छन् ।

इमरान खानले राष्ट्रको नाममा आफ्नो पहिलो सम्बोधनमा देशको खर्चका साथै आफ्नो नाममा हुने खर्चमा पनि भारी कटौती गर्ने घोषणा गरेका छन् ।

उनले बानीगालामा रहेको आफ्नै निवासमा रहने इच्छा जाहेर गरेका थिए । तर सुरक्षा एजेन्सीले उनको ज्यानमा खतरा हुन सक्ने बताउँदै त्यहाँ बस्न स्वीकृति नदिएपछि सैन्य सचिवको तीन कोठे घरमा उनी सरेका हुन् ।

जियो न्यूजको समाचार अनुसार खान सैन्य सचिवको आधिकारिक आवास सरेका हुन् । खानको शपथ ग्रहण अघि उनको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले पञ्जाबस्थित मुख्यमन्त्रीको एनेक्स प्रधानमन्त्रीको आवासका रुपमा प्रयोग गरिनेछ ।

तर पछि खानले सुरक्षाका कारण सैन्य सचिवको आवासमा रहने निर्णय लिए । पाक प्रधानमन्त्रीको नयाँ आवास पिएम हाउस कोलोनीमा अवस्थित छ ।

Source annapurnapost

Share