नेपाल टेलिभिजनमा फेरि आउँदै मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल

नेपाल टेलिभिजनमा फेरि आउँदै मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल

काठमाडाैं – नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखलाहरु मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल पुन प्रसारण हुने भएका छन् ।

मिडिया हब र नेपाल टेलिभिजनसँगको तीनवर्षे सम्झौता सकिएसँगै बन्द भएका हास्य टेलिश्रृंखलाहरु यसै महिनाबाट प्रसारण सुचारु हुने पक्का भएको हो ।

मिडिया हबका प्रमुख सोम धितालले प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएको छ ।
मिडिया हबले फेरि एक वर्षका लागि नयाँ सम्झौता गरेको बुझिएको छ ।

यससँगै हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’को प्रसारण मंगलबारबाट नै सुरु भइसकेको छ भने ‘जिरे खुर्सानी’ बिहीबार र ‘भद्रगोल’ शुक्रबार प्रसारण हुने बताइएको छ ।
राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले मेरी बास्सैको निर्देशन गर्ने बुझिएको छ ।

यसैगरी भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ । ‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका कारण उनी नरहने बुझिएको छ ।

ऋषि लामिछानेको निर्देशन रहेको टेलिश्रृंखला ‘परिचय’ पनि अर्को साताबाट सुरु हुनेछ । यो श्रृंखलामा सरिता लामिछाने, सरोज खनाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ ।

Source ujyaaloonline

Share