‘द भ्वाइस अफ नेपाल’ अब हाम्रो पात्रोमा प्रत्यक्ष हेर्न पाइने

‘द भ्वाइस अफ नेपाल’ अब हाम्रो पात्रोमा प्रत्यक्ष हेर्न पाइने

काठमाडाैं – ‘हाम्रो पात्रो’ र  रियालिटी शो ‘द भ्वाइस अफ् नेपाल’बीच सहकार्य हुने भएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै हाम्रो पात्रोले भ्वाइस अफ् नेपालको पहिलो सिजनका लागि सहकार्य गर्न लागेको बताएको छ । नेपालमा सबैभन्दा भन्दा बढी डाउनलोड गरिएको जीवनशैली एपसँग द भ्वाइस अफ नेपालको सहकार्य हुँदा यसका दर्शकहरु बढ्ने द भ्वाइस अफ नेपालले विश्वास गरेको छ ।

सहकार्यपछि हाम्रो पात्रोमा द भ्वाइस अफ नेपालका एक्लुसिभ सामग्री, अडियो सामग्री र ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारणहरु हेर्न मिल्नेछ ।

विश्वस्तरका मिडिया सामग्रीहरु हाम्रो पात्रोका लाखौं प्रयोगकर्ताहरुसम्म जोड्दै लैजाने उद्देश्यका साथ द भ्वाइस अफ नेपालको सांगीतिक यात्रालाई सँगै लिएर जाने हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताउनुभयो ।

Source ujyaaloonline

Share